प्रभु बैंकद्वारा विद्यार्थीहरुले पाए न्यानो ज्याकेट

0

पाल्पा, माघ ८
प्रभु बैंकले प्रभात माध्यमिक विद्यालय रिब्दीकोट गाउँपालिका–७, मैनादीका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । बैंकले दुई सय विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट ज्याकेट प्रदान गरेको हो ।
प्रभु बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउनुका साथै अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको प्रभु बैंकका प्रदेश प्रमुख प्रादेशिक व्यापार अधिकृत सुनिल रानाले बताए । उनी भन्छन्, ‘ब्रान्च अफिस, एक्सटेन्सन काउन्टर, ब्रान्चलेस बैंकिङ्ग, एटिएम, घुम्तीसेवा तथा अनलाईन पेमेन्ट मार्फत् सर्वसाधारणलाई बैंकिङ्ग पहुँच पु¥याएका छौं । यसले मानिसहरुको जीवनस्तर एवं आर्थिक क्रियाकलाप उपार्जनको लागि सहयोग बनेको छ ।’ प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, छात्रवृत्ति, दैविप्रकोट पीडितलाई आर्थिक सहयोग तथा राहत वितरण गरिँदै आएको प्रादेशिक प्रमुख रानाले बताए ।
प्रभात माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरले ज्याकेट प्राप्त गरेपछि विद्यार्थीहरुले जाडो समयमा पनि कष्टका साथ अध्ययन गर्न आउनुपर्ने बाध्यतामा कमी आउने बताए । ‘नेपाल राष्ट्र बैंकका गर्भर्नर डा. चिरञ्जिवी नेपालले बैंकहरुलाई सामाजिक उत्तरदायित्वक पुरा गर्न लगाए बमोजिम विद्यालयमा धेरै सहयोग प्राप्त भएको छ, अध्यक्ष कुँवरले भने, ग्रामिण भेगमा दुःखकष्टका साथ पढ्ने र उत्कृष्ठ नतिजा ल्याउने विद्यालय छन् । विद्यार्थीहरुमा सुविधाको कमी छ ।’ उनले बैंकहरुले अब शहर केन्द्रितमात्र नभई जनतामुखी भएर काम गर्नुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक जनक आचार्यले बढ्दो बसाईसराई, घट्दो जनसंख्या, रोजगारीको कमीका कारण विद्यालयमा विद्यार्थीहरु घट्दै गएको बताए ।
प्रभु बैंकका पाल्पा शाखा प्रबन्धक गणेश कंडेलले संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्न गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा (ट्राक सुट ज्याकेट) वितरण गरिएको बताए ।