माघे संक्रान्ति मेला रुरु क्षेत्रमा सुरु

0

पाल्पा– जेठी,माइली र कान्छी सक्रान्तिको रुपमा मनाइने माघे संक्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ । दश दिनसम्म महोत्सवकै रुपमा रुरु क्षेत्रमा माघे संक्रान्ति मेला सुरू भएकाे हाे ।

नेपालकै चारधाम मध्येको एकधामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि आजदेखि नै भक्तजनहरुको घूँइचो लाग्न थालेको छ । मेलामा गुल्मी क्षेत्रमा गुल्मी उद्याेग वाणिज्य संघ, रुरु फेण्डस क्लव तथा पाल्पा क्षेत्रमा समेत विभिन्न संघ संस्थाहरुकोे आयोजनामा महोत्सव लागेकाे हाे ।

रुरु क्षेत्रमा कालीगण्डकी उत्तर बहेका कारण पनि उत्तरबाहीनी नदीमा स्नान गर्नाले पुण्य आर्जन हुने हिन्दू परम्परा र विश्वासका आधारमा हजारौं धर्मावलम्बीहरुको यहाँ घुइचो लाग्ने गर्दछ । मेलामा स्वदेश तथा विदेशका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।