एमसीसि तीन वर्ष अगाडीको सरकारको सम्झौताः परराष्ट्रमन्त्री

0

पाल्पा, माघ १
मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहायता विकासका लागि भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । उनले एमसीसी सम्झौता तीन वर्ष अगाडीको कांग्रेस र माओवादी संयुक्त सरकारको पालामा भएको बताउँदै विकासका लागि साझेदारहरुका रुपमा अगाडी आएका मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई गिजोल्ने काम गर्न नहुने बताए ।
परराष्टमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘‘एउटा अनावश्यक विषयमा नेपाली समाजको ध्यान गिजोल्ने खालका प्रयत्नहरु भैरहेका छन् । हामीले आजभन्दा झण्डै तीन वर्ष अगाडी त्यतिबेला नेपाली कांग्रेस र तात्कालिन माओवादी संयुक्त सरकार थियो । त्यो बेला हामीले अमेरिकासँग ५० अरब रुपैयाँ (५ सय मिलियन डलर) को मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहायता लिने सम्झौतामा हस्ताक्षर ग¥र्यौ ।’’ ‘त्यो सम्झौताको मार्फत् काठमाण्डौंको पूर्वमा रहेको लप्सीफेदीबाट चार सय केबिए विद्युत लाईन निर्माण गरेर भारतको गोरखपुरसम्म पु¥याउने र नेपालको पनि विभिन्न ठाउँमा उत्पादन भएका विद्युत एउटै नेशनल ग्रिडमा जोड्ने त्यसपछि नेपालमा उत्पादन भएको विद्युत भारत, बङ्गलादेश लगायत अन्य देशमा बेचेर देशको आर्थिक विकासलाई तिव्र गतिमा लैजाने हिसाबले एमसिसिमा हस्ताक्षर त्यतिबेलाको सरकारले ग¥र्यो, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, यद्यपी त्यो रातारात त्यसै भएको सम्झौता थिएन । यसका लागि झण्डै आठ वर्ष अगाडीदेखी त्यसको प्रयत्न भैरहेकै थियो । विभिन्न सर्कलहरुमा रहेका क्राईट एरियामा उत्तिर्ण भएर त्यो सहायता प्राप्त भएको हो ।’
माघे सङक्रान्ती मेला, रुरु महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अहिले केही साथिहरुले बुझेर र केहीले अनावश्यक रुपमा एमसिसी बहस र विवादको विषय बनाउनु भएको छ । नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिवद्ध छ । हामी कुनै देशको सैन्य गठबन्धनमा संम्मिलित हुँदैनौं । तर विकासका सहायताहरु सबै देशहरुसँग लिन्छौं । भारत, चिन, अमेरिका, जापान तथा जर्मनीसँग लिन्छौं । विकास साझेदारसँग बन्दुक जोडिएर आएको हुँदैन । शक्तिराष्ट्रहरुले केही उनीहरुले आफ्ना रणनीतिहरु बढाउने हो भने अरु नै खालका उनीहरुका रणनीतिहरु छन् । त्यसैले यो विकास सहायतालाई अनावश्यक वहसमा ल्याएर हाम्रो विश्वरनीयतामा कमजोर गर्ने र मित्रहरुसँगको सम्बन्धलाई गिजोल्ने काम रत्तिभर कसैले गर्नु हुँदैन ।’ मन्त्री ज्ञवाली भन्छन्,‘कालापानी, लिपुलेक र लिम्पुवाधुराले देशभक्त नेपालीहरुलाई दुखाई रहेको छ । नेपालको अभिभाज्य जमीन, आज नेपालमा फर्किरहेको छैन । यद्यपी हामी कुटनीतिक तवरबाट यो समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ । त्यसै अनुसार लागिरहेको छ ।’
नेपालका चार धाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेला शुरु भएको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सगंमस्थल रिडीमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुको मंगलबारदेखि भीड लागेको छ । रुरु क्षेत्रको कालीगण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्युठान, रुपन्देही, पर्वत, वाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन् । कालीगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गरेमा सबै पाप नास हुने जनविश्वास छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने आयोजक गुल्मी उद्योग वाणिज्य संघ, रिडी शाखाले जनाएको छ । रुरु फ्रेन्डस क्लव र उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो ।