नेपालबाट चिनियाँ फर्काइएको चर्चा संसारभर

काठमाडौं । अघिल्लो महिना पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार नेपालबाट चीन फिर्ता पठाइएको विषय विश्वका विभिन्न मिडियामा ठूलो चर्चाको विषय भएको छ  । 

जापान टाइम्सले साइबर ठगीको अभियोगमा उनीहरुलाई फिर्ता गरिएको जनाएको छ । उनीहरु ९ वटा घरमा बस्दै आएको र छात्राबासमा बसेजस्तो गरेर उनीहरु नेपालमा बसेको जनाइएको छ ।  सो समाचारमा उनीहरुसँगबाट प्रहरीले ७०० मोबाइल फोन, ३३१ वटा ल्यापटप, करिब १०० डेस्कटप कम्प्युटर प्रहरीले बरामद गरेको जनाइएको छ ।

समाचारमा करिब ३४० चिनियाँ फिलिपिन्समा लाइसेन्स नलिई विभिन्न गेमिङ विजनेश सञ्चालनमा लागेकोमा पक्राउ गरिएको केही समयमा नै नेपालमा पनि ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेको जनाइएको छ ।  

करिब ७०० चिनियाँ नागरिक गएको नोभेम्बर महिनामा मलेशियामा पनि अनलाइन इन्भेस्टमेन्ट स्काम अपरेसनमा पक्राउ परेको जनाइएको छ । नेपालमा पक्राउ परेका ११४ पुरुष र ८ महिलालाई बुधबार साँझ अध्यागमन कानुनअनुसार फिर्ता गरिएको नेपाली अधिकारीहरुले बताएको समाचारमा उल्लेख छ । 

उनीहरु पर्यटन भिसामा अवधी सकिएर पनि बसेकोले फिर्ता गरिएको अध्यागमनका अधिकारी रामचन्द्र तिवारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । फ्रान्सेली समाचार एजेन्सी एएफपीले बनाएको सो सम्बन्धी समाचार विश्वका विभिन्न मिडियाले प्रकाशित गरेका हुन् ।

Check Also

पाल्पाको जिल्ला अस्पतालबाट तलब, काम रुपन्देहीको निजी क्लिनिकमा…

पाल्पा, असार १९ जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि …

error: Content is protected !!