आज दिनभर पानी पर्ने

काठमाडौ- नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेका कारण आज दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा पानी परिरहेको र बाँकी स्थानहरुमा सामान्य बदलि रहेको जनाएको छ ।  महाशाशाखाले उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ जनाएको छ । 

महाशाखाले आज  देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।  रातको समयमा मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक/दुई स्थानहरुमा साथै मध्य र पूर्वका केही स्थानहरुमा  वर्षाको संभावना रहेको जनाएको छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ। शुक्रबार पनि देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुने जनाएको छ ।

Check Also

पाल्पाको जिल्ला अस्पतालबाट तलब, काम रुपन्देहीको निजी क्लिनिकमा…

पाल्पा, असार १९ जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि …

error: Content is protected !!