Wednesday , August 5 2020

पत्रकार महासंघ पाल्पाले मनायाे स्थापना दिवस

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले २७ औं स्थापना दिवस मनाएकाे छ । शनिवार तानसेनमा एक कार्यक्रमका विच स्थापना दिवस मनाइएको हो ।

महासंघको स्थापना दिवसमा बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारहरुको गरिमा बढे पत्रकार महासंघको गरिमा उच्च रहने बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका शर्माले पत्रकारहरु मर्यादित भएर पेशाप्रति लाग्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईले पाल्पाको पत्रकारिता गर्भ गर्न लायक रहेको बताउनुभयो । यस्तै महासंघकै पूर्वअध्यक्ष भगवान भण्डारीले पत्रकार महासंघले पत्रकारहरुको सीप र दक्षता वृद्धी गर्नेखालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्यद्वय कमलराज तिमिल्सेना ररेखीराम राना, प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य देव पचभैंया, प्रेस संगठनका जिल्ला संयोजक राजेन्द्र लिगल, नवजनचेतना दैनिकका प्रधानसम्पादक जगदीश भट्टराई, पत्रकार नारायण न्यौपाने, विष्णु प्रसाद घिमिरे लगायतले पत्रकारहरु समयानुकुल खोज पत्रकारितामा लाग्नुपर्ने मन्तव्य राख्नुभयो ।

कार्यक्रम महासंघका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव किरण कौशलको संचालनमा सम्पन्न भएको थियो ।

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

error: Content is protected !!