तानसेनका श्रष्टा सम्मानित

0

हरि जि.सी
बगनासकाली साहित्य परिषद पाल्पा र परेवा पाक्षिक पत्रीका समन्वयमा कविता बाचन तथा परिचर्चा कार्यक्रम शनिबार तानसेनमा सम्पन्न भएको छ ।
परेवा पाक्षिक पत्रीका सम्पादक भोजराज भट्टराईले कार्यक्रम माथि प्रकाश पार्दै लामो समय देखि योगदान गर्दै आउनु भएका ब्यात्तीहरुलाई समान गर्ने बताए । बगनासकाली साहित्य परिषदका संरक्षक राजेन्द्र गोपाल सिङले साहित्यलाई निरन्तर रुपमा अगाडी बढउनुका साथै मनिसमा क्षमता बृद्धि हुनमा टेवा पुग्ने बताउनुभयो । साहित्यकार मदन देउरालीले केही बर्ष बाहिर बसेर पछि आएर आपनो गृहजिल्लामा केही गर्नु पर्छ भने उदेश्यले साहित्य क्षेत्रमा लागेको बताए ।
बगनासकाली साहित्य परिषदका सल्लाहकार पुस्कर राज रेग्मीले कबिता वाचन गनुका साथै परेवा पत्रीका स्वतन्त्र रूपमा रहेको र यश पत्रीकाले समाबेशी समाचार लेख्ने बताए । कवि शिरोमणि लेखनाथ पौडेलको 136 अाै जन्मजयन्तिको उलछ्य्मा आयोजित कार्यक्रम चार जना सम्मानित हुनुभयो छ । जसमा प्रकाश न्याैपाने, पुस्करराज रेग्मी , मदन देउराली, रामराज ज्ञवाली सम्मानित हुनुभयो ।
साहित्यले समाजलाई देखाएको मात्र हुदैन डो¥याएको हुन्छ । धेरै साहित्यिक रचनाले समाजमा ठुल्ठुला परिवर्तन ल्याएका छन । मानिसको अचेतन अवस्थाको रुखो मस्तिष्कमा साहित्यले चेतनाको उर्जा प्रवाहित गरेर मलिलो बनाएको हुन्छ ।
यस अर्थमा चेतना र ज्ञानको ज्योतिपुञ्ज पनि साहित्य हो । मानब समापलाई ठुल्ठुला र प्रेरणदायक सन्देशहरु संप्रेशित गर्ने सबल माध्यम साहित्यले गर्दछ ।
परेवा पाक्षिक पत्रीका सम्पादक भोजराज भट्टराईको सभपतित्वमा कार्यक्रमको समापन भएको थियो ।