बुटवलमा दोस्रो सडक खाना महोत्सव

बुटवल । बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव सुरु भएको हो ।

सडक खाना महोत्सवमा जातिगत रुपमा थारु ,मगर,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाइने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।

‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पुस १६ गतेसम्म सञ्चालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन् । वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाँबायाँ सडक खाना महोत्सव स्थल खानाका परिकारले सजिएको छ ।

सडक खाना महोत्सवमा जातिगत रुपमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकारहरु सडकमै पकाएर खुवाइने भएकाले यस क्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका जनाएको छ । तीन दिनसम्म साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने प्रचार–प्रसार समितिका संयोजक बाबुराम गौतमले बताए ।

Check Also

नेपालमा कोभिड र कर्मकाण्डी नियन्त्रण

२०७७ जेठ २६, देबराज रेग्मी , चितवन । गत चैत्र महिनादेखि मुलुक कोरोना संक्रमणसँग जुधिरहेको …

error: Content is protected !!