Wednesday , August 5 2020

निमाेनियाका कारण पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

काठमाडौँ : नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । निमोनियाको उपचारका क्रममा आज विहान ५ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको हो । पाल्पाको रामपुर स्थायी घर भएका श्रेष्ठ यसअघि मुख्य सचिवको दाबेदार समेत रहनु भएको थियो ।

उमेरहद्का कारण उहाँले मुख्य सचिवमा प्रतिस्पर्धा गर्न पाउनुभएको थिएन । श्रेष्ठलाई एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको त्रिवि शिक्षण अस्पताल पुग्नुभएका नेपाली रेडियो नेटवर्कका सहकर्मी जीवन भण्डारीले जानकारी दिनुभएको छ ।

निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा चिकित्सिकहरुले उहाँलाई निमानिया वा स्वाइन फ्लु भएको आसंका गरेका थिए । सरकारी सेवामा रहँदा श्रेष्ठ इमानदार र कर्मनिष्ट कर्मचारीको रुपमा चिनिनु भएको थियो ।

थप उहाँबाट

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

error: Content is protected !!