Wednesday , September 23 2020

के भने पूर्वराजा ज्ञानेन्द्रले तानसेनमा, भव्य स्वागत (Video)

पाल्पा, मंसिर १९
देशलाई वैरीहरुबाट जोगाउनुपर्ने समय आएको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । प्रदेश नं. ५ का विभिन्न धार्मीक क्षेत्र भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भब्य स्वागत गरिएको छ ।

बिहिबार भगवती मन्दिर गुठी व्यवस्थापन समितिसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले नेपालीहरु एकजुट भएर बस्नुपर्ने बताएका हुन् । सोही क्रममा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘२÷३ पटक म पाल्पा आईसकेको छु । आउनुको उद्देश्य प्रार्थना गर्नु नै रहेको छ । सर्वप्रथम देशमा शान्ति होस् । हामी सबै नेपाली भएर बाँच्न पाउँ ।’

पूर्व राजा शाह तानसेनको भ्रमणमा आउने भए पछि राजावादीहरुले दिउँसो देखि नै स्वागतको तयारी गरेका थिए । सर्वसाधारण लामबद्ध भएर पूर्व राजा शाहलाई फुलगुच्छा दिएर स्वागत गरेका हुन् । उनीहरुले पूर्वराजाको दर्शनले आफूहरुमा उत्साह छाएको प्रतिक्रिया दिए ।
पूर्व राजा तानसेनमा आईपुग्दा उनका सर्मथकले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश जस्ता नारा लगाएका थिए । पूर्व राजालाई उनका सर्मथक र सर्वसाधारणले देशमा हत्या हिंसा अपराध र भ्रष्टाचार बढ्दै गएकाले राजालाई देशका लागि केहि गर्नु पर्ने आग्रह गरेका थिए । प्रफुल्ल मुद्रामा देखिएका पूर्व राजा शाहले सामान्य कुराकानी गरे पनि आफु कुनै भुमीकामा फर्कने र देशको राजनीतिक घटना क्रमका बिषयमा केहि प्रतिक्रिया दिएनन् ।
पूर्व राजा आउनु अगाडी देखि नै सदरमुकाम बजारमा सुरक्षा ब्यवस्था कडा बनाइएको थियो । उनी बिहिबार नै कपिलवस्तु प्रस्थान गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाकाे तानसेनमाः

Check Also

५ दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै, असाेज ५ सोमबार (आज) बाट देशमा विभिन्न प्रदशेमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको …

error: Content is protected !!