पाल्पा, मंसिर १४
नेकपा पाल्पाकाे प्रचारप्रसार तथा प्रकाशन विभागद्वारा प्रकाशित सूर्य बुलेटिन बिमाेचन भएकाे छ । शनिबार पाल्पाकाे तानसेनमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले बुलेटिनकाे बिमाेचन गरेका हुन् ।

बुलेटिन बिमाेचन गर्दै मुख्यमन्त्री पाेखरेलले गत आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश नं. ५ ले सबैभन्दा बढी ७ दशमलव ७ आर्थिक वृद्धी गरेको बताए । नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ छ । ‘नेकपाको सरकार भएकै समयमा यही सरकारले ‘डबल डिजिट ग्रोथरेट’ ल्याउँछ, मुख्यमन्त्री पोखरेलले भने, नेपालले अब दुई अंकको आर्थिक वृद्धी गर्दै छ, त्यसमा पनि प्रदेश नं. ५ पहिलो नै हुन्छ ।’

देश विकासको बाटोमा अग्रसर रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी–पोखरा डेलिकेटेड सडक बन्ने बताए । उनी भन्छन्, ‘डेलिकेटेड सडक विस्तारको लागि प्रक्रिया अगाडी बढेको छ । सिद्धार्थ राजमार्गको यो सडक अब १० मिटर पुरा कालोपत्रे हुनेछ । यसपछि जनताले खोजेका धेरै विकास अवसरहरु सिर्जना हुनेछन् ।’ नेकपा पाल्पाको बुलेटिन बिमोचनका क्रममा प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकका आधारमा विश्व अध्ययन गरेको बताउँनेहरुका कारण समाजमा नकारात्मक असर परेको बताए ।
सोही अवसरका बोल्दै पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देश विकास नेकपा सरकार भएकै समयमा सम्भव रहेको बताए । प्रदेश ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले नेकपा पाल्पाले आफ्नो सरकारले गरेका विकास कार्यक्रम र जनचेतना वृद्धि गर्न बुलेटिन प्रकाशनमा ल्याएको बताए । प्रचार विभाग संयोजक गुराँस आत्रेयले पार्टीले दिएको जिम्मेवारी पुरा गरेर आफूहरु अगाडी बढेको बताएका थिए ।
तस्वीरः पाल्पाको तानसेनमा सूर्य बुलेटिन विमोचन गर्दै प्रदेश ५ का मुख्यमन्त्री ।