पाल्पा, मंसिर १३

नायर नम्तलेश कृषि सहकारी सस्था लिमिटेडको ७ औँ साधारण सभा सम्पन्न भएको छ । बगनासकाली वडा न. ३ मा स्थापना भएर कृषि उपज संकलन,कृषि जन्यबस्तु उत्पादन तथा विक्री वितरण गर्दै आएको सहकारी सस्थाले कृषि रिन प्रदान गर्दै सफलता हासिल गरेको पूर्व अध्यक्ष दिल बहादुर गाहाले बताउनु भयो ।

कार्यक्रममा बार्षिक आयव्याय सार्वजनिक भएको थियो जसमा संस्थाको २०७५–७६ सम्म कुल कारोबार रु २८०५०३१.८५ पैसा भएको र कुल नाफा रु ६२२८० भएको आर्थिक संयोजक प्रेम बहादुर गाहाले बताउनु भयो । साथै संस्थाको नया कार्यसमिति चयन भएको छ । अध्यक्ष बसन्त बहादुर कुवरको अध्यक्षतामा ९ जनाको कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा उर्मिला कवर,सचिवमा जनक राज अर्याल,कोषाध्यक्षमा धनीकला सारु रहेका छन् ।

कार्यक्रम वडा अध्यक्ष टिका ब थापाको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । कमल भट्टराइबाट