सतिश चापागाईँको ‘तिम्रो मन कोमल’ बजारमा

पाल्पा, कार्तिक १३

अमेरिकाबाट सञ्चालित नेपलिज डायस्पोरा अनलाइनको सम्पादक पत्रकार सतिश चापागाईँको रचना रहेको गीत ‘तिम्रो मन कोमल’ बजारमा अाएकाे छ । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा बोलको गीत सार्वजनिक गरिएको हाे। गीतमा लोकप्रिय संगीतकार आलोक श्रीको संगीत छ।

गीतको भिडियोमा सतिश स्वयंमले अभिनय गरेका छन्। भिडियोमा उनीसंगै नग्मा श्रेष्ठको अभिनय हेर्न सकिन्छ। यो गीतमा नारीको वर्णन गरिएको छ।

आलोक श्रीकै निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा विकाश दाहालले सम्पादन गरेका हुन्। चापागाइले देशप्रतिकाे माया दर्शाउँदै नेपाल अाएर भिडियाे छायांकन गरि अमेरिका फर्किएका हुन् ।

हेर्नुहोस् भिडियो :