काठमाडौ ।
 पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी साता पश्चिम् नेपालको भ्रमण गर्ने भएका छ्न । केही दिनको निजी भ्रमणको क्रममा शाहले प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको भ्रमण गर्नेछ्न ।

उनको भ्रमणको खबर पाएसङगै स्वागतको तयारी पनि थालिएको छ । भ्रमणका क्रममा शाहले विभिन्न स्थानमा रहेका धार्मिक शक्ति पिठमा पुजाआजा समेत गर्नेछ्न ।

पूर्व राजा शाहले आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उनका निजी सचिव फणि पाठकले जानकारी दिए । पूर्व राजा शाह भैरहवालाई मुकाम कायम गरेर प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा, गुल्मी ,अर्घाखाँची जाने तयारी भइरहेको पनि बताइएको छ ।

भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पनि पुग्नु हुने छ । पूर्व राजाले पाल्पाको भगवती मन्दिर दर्शन गर्ने शिवसेना जिल्ला अध्यक्ष अाेम प्रकाश पाण्डेले जानकारी दिए ।