पाल्पा, बगनासकाली गाँउपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका बनेको छ । बुधबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिरा मरासिनिले गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याललाई पुर्ण संंस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रमाणपत्र प्रदान गर्दे उपप्रमुख मरासिनिले घोषणा कार्यान्वयनका लागी सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । गाउँपालिकाका ९ वटै वडालाई पुर्ण संंस्थागत सुत्केरी घोषणा गरेपछि बुधबार समग्र गाउपालिकालाई नै पुर्ण संंस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाँउपालिकाका उपाध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दे उपाध्यक्ष चिदिले स्वास्थ्य संस्थामा नियमित गर्भ जाच गरी स्वास्थ्य संस्थामै सुत्केरी हँुदा आमा र शिशु दुबैको स्वास्थ्य राम्रो भएको बताउनुभयो ।
नियमित गर्भ परिक्षण र स्वास्थ्य संस्थामै सुत्केरी भएको आधारमा गाँउपालीकालाई पुर्ण संंस्थागत सुत्केरी गाउँपालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य ईकाई कार्यालय , पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिणाम अधिकारीले स्वास्थ्य शाखाले गरेका कार्य प्रगतीको जानकारी दिदै गत बर्ष गाउँपालिकाका ३७१ जना सुत्केरीले नियमित स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्य संस्थामै सुत्केरी भएको बताउनुभयो । गाउँपालिकाअध्यक्ष कृष्णप्रसाद बस्यालले आमा र शिसुको रक्षाका लागी गाउँसरकारले चालेका कदमलाई सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यबाद दिनुभयो । कार्यक्रममा बोल्ने बतmाहरुले स्वास्थ्य सँस्थामा नियमित परिक्षण र सुत्केरी भएरमात्रै नपुग्ने भन्दै त्यसपछि जन्मिने बच्चा र आमाको स्वास्थ्यमा ध्यान दिदै उनीहरुको भबिश्यका बारेमा पनि सबैको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
बगनासकाली गाउँपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका बन्न सफल भएको बधाई दिदै पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल, गाउँपालिका स्तरिय बाल संजालका कोषाध्यक्ष दिनेश पाण्डे, महिला स्वयम सेबिका पेमा बस्याल, चन्द्र माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सिना, बगनासकाली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टिका बहादुर थापा, गाउँपालिकाका प्रबतmा लक्ष्मी अधिकारी, नेकपाका नेता हरी पाठक, नेपाली काग्रेसका यमलाल तिमिल्सिना, राप्रपाका कपिल ढुंगाना लगाएतले थप प्रगतिको कामना गरेका थिए । गाउँपालिकाका बालमैत्री फोकल पर्सन मनोज आचार्यको संचालनमा भएको कार्यक्रममा गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले सबैलाई धन्यबाद दिनुभएको थियो ।
पाल्पामा बगनासकाली गाउँपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेमा तेस्रो बनेको हो । यस अघि पाल्पाको पूर्बखोला गाउँपालिका र रम्भादेबी गाउँपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भैसकेका छन् । प्रदेश नम्बर ५ मै पाल्पामा मात्रै पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने अभियान शुरु भएको हो ।