पाल्पा स्थित नेपाली सेनाको श्री गोरखदल गण पाल्पाले जिल्लाको तिनाउ गाउँपालिका ४ सत्यवतीको मन्दिर परिसरमा बृहत सरसफाई गरेको छ ।
तीन दिन भएकाे सत्यवती बज्यैकाे चिच्यएर बर माग्ने मेलाको अवसरमा उत्त मन्दिर परिसरमा भएको फोहर मैलाको ब्यवास्थापनको लागि गणको टोली सरसफाईका लागि खटिएको थियो । यही कात्तिक २४, २५ र २६ गते मेला चलेकाे थियाे ।

गणका सेनानी मेजर मनोज डंगोलको कमाण्डमा २९ जनाको टोलीले मन्दिर परिसरमा रहेको फोहोरको ब्यस्थापन गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले जानकारी दिनुभयो । प्रमुख सेनानी थापाले सेना र प्रहरी बीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन नागरिकका हरेक सुख दुखमा साथ दिन तयार रहेको र दिर्दै आएको समेत बताउनुभयो ।
मेलाको अवसरमा मन्दिर परिसरको कोलडाँडा क्षेत्रमा कुहीने र नकुहीने फोहर छुट्टाएर बिर्सजन गरिएको कमाण्डको नेतृत्व गर्नुभएका सेनानी मनोज डंगोलले जानकारी दिनुभयो ।

नारायणथानमा मन्दिरमा पनि सरसफाई

यस्तै तानसेन नगरपालिक वडा नं २ नारायणथान मन्दिर परिसर र फूलबारी क्षेत्रमा सरसफाई गरिएको छ । श्री गोरख दल गणकै नेतृत्वमा उक्त क्षेत्रमा एन.सि.सिका कार्यसमिति सदस्य सहित ७० जनाको टोलीेले सरसफाई कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले बताउनुभयो ।


प्रमुख सेनानी थापाले सुन्दर शान्त र मनोर तानसेन शहरको परिकल्पनालाई साकार पार्न जिल्लाका धार्मिक एवं पर्यटीय क्षेत्रको सरसफाईमा सेनाले महत्वपुर्ण योगदान दिर्दै आएको बताउनुभयो ।

पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले जनताको हरेका कदममा सहयोगी भुमिका खेल्दै आएको छ । सेना र जनता बीचको सम्बन्धलाई सुमधुर बनाउन विभिन्न खालका जनता मैत्री कार्यक्रम सेनाले सञ्चालन गर्दै आएको छ ।