पाल्पा, कार्तिक २१

अखिल छैठाैंले पाल्पामा कालापानी, लिपपुलेक र लिम्पियाधुरा भूभाग भारतीय नक्सामा समेटिएकाेमा विराेध सभा सम्पन्न गरेकाे छ । पाल्पा तानसेनकाे अान्दाेलनचाेकमा विराेध सभा गर्दै विद्यार्थी संगठन छैठाैंले नक्सा नसच्याए भारतले ठूलाे मूल्य चुकाउनुपर्ने चेतावनी दिएकाे छ ।

अखिल छैटौं जिल्ला अध्यक्ष पुरन पोख्रेलले आफ्नो देश बचाउनका लागि भारतको हेपाहा प्रवृत्तिका विरुद्ध आफुहरुले रगत बगाउन पनि तयार रहेको बताए । उनी भन्छन्, नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागहरु भारतले आफ्नो नक्सामा मिसाएपछि हामीले विरोध गरिरहेका छौं । आफ्नो माटो जोगाउनको लागि रगत बगाउन तयार छौं तर, गुम्न दिन्नौ।’ अखिल नेपाल युवक संघ केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे नेपाल सरकारले पनि आफ्नो देशको भुभाग बनाउनको लागि कडा कदम चाल्नु पर्ने बताए । ‘दुइ तिहाइको सरकार भएपनि आज राष्ट्रिय स्वाधिनताको विषयमा बोल्न सकेन ’ घिमिरेले भने ‘एक पटक फेरि हामी बदभद्र कुँवर बनेर नेपाली भुमी खोज्न जानेछौं ।’