पाल्पा, कार्तिक २०
पाल्पा उद्योग वाणिज्य सङघको अध्यक्षमा राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।उद्योग उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निर्विरोध भएका हुन् ।
वाणिज्य उपाध्यक्षका लागि भने आगामी कार्तिक २३ गते निर्वाचन हुने भएको छ । यसका लागि दिपक प्रसाद पाण्डे र यादवसिंह कार्की बिचमा प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षका दावेदार निवर्तमान कार्यसमिति सदस्य दिपक ढुंगानाले अध्यक्षको उम्मेद्वारी फिर्ता लिएपछि महर्जन निर्बिरोध भएका हुन् । तर संघको निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा अन्य पदमा निर्वाचन सहिएपछि मात्र हुने जनाएको छ । उद्योग उपाध्यक्षका लागि उम्मेदवारी दिएका उत्तमकुमार बज्राचार्य र प्रकाश कार्कीले उम्मेदवारी फिर्ता लिईसकेपछि उद्योग उपाध्यक्षमा पनि सर्वसम्मत भएको हो ।
संघमा वाणिज्य तर्फ ८ सय ४, उद्योगमा १ सय ५३, एशोसियटतर्फ १५ र वस्तुगत २ जना सदस्य छन् । कुल २५ पदका लागि हुने निर्वाचनमा क्षेत्र नं. ३, क्षेत्र नं. ७, क्षेत्र नं. १० र क्षेत्र नं. १३ को सदस्यका लागि निर्वाचन हुने र अन्यमा प्रतिस्पर्धी उम्मेदवारी नपरेकोे निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताए ।