सरायँ नाच नाचेर दशैंकाे विदाइ

0

पाल्पा, असोज २७
कोटघर र देवीका शक्तिपीठ मन्दिरहरुमा हतियार जुधाएर सराय नाच नाचेर दशैंको विदाई गरिएको छ । घटस्थापनाको दिन राखिएको जमरा र फूलपाती विसर्जन गर्न सराय नाच नाचिएको छ । तानसेन नगरपालिका–११, बन्दीपोखराको लिपिन्देवी मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन निकालिएको सरायँ नाच हेर्नेको घुईचो थियो । प्रदेश नं. ५ का पहाडी जिल्लाहरुमा सरायँ नाचेर दशैंको विदाई गरिएको छ । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्दै दशैंलाई विदा गरिएको हो ।
पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान तथा स्याङजाको केही भागमा सरायँ नाच नाच्ने चलन छ । युद्ध अभ्यास वा त्यसको अभिनय गरेर सराय नाच नाचिन्छ । सरायँ खु“डा, खुकुरी, भाला, तारवार, ढालजस्ता घरेलु हतियाररु प्रयोग गरेर नाचिने रमाइलो र डरलाग्दो खेल हो । पहाडी जिल्लाहरूमा सरायलाई महाउत्सवकै रूपमा लिने चलन छ ।
जिल्लाका अग्ला ठाउ“हरूमा रहेका कोट, देवीका मठ, मन्दिरहरूमा देवीको पूजाआजा र भजन–किर्तनसँगै सराय खेलिने गरेको लिपिन्देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खातीले बताए । ‘देवी खुसी पार्न तरवार ठोक्काउने र नचाउने गर्दा मनमा आनन्द मिल्छ, अध्यक्ष खातीले भने, यसमा युवाहरू साथै अधवैसे लोग्ने मानिसले भाग लिएका हुन्छन् । पञ्चेबाजाको डुंग, डुंग कि डुंगको तालमा खुकुरी, खुडा, तरवार नचाउने र खेल प्रदर्शन गर्ने गरिन्छ ।’ विभिन्न हतियार प्रयोग गरिने भएकोले यो डरलाग्दो साथै रमाइलो खेलको रूपमा समेत आफूले लिने गरेको पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादवसिंह कार्कीले बताए । यस भेगका कतिपय स्थानमा सरायँ नाच दसंैको भोलिपल्टदेखि सुरु हुन्छ । तरवार, खु“डा, भाला, ठोक्काएर नचायो भने देवी खुसी पार्न सकिन्छ भन्ने यस क्षेत्रमा जनविश्वास छ । विभिन्न रंगका बस्त्र पहिरेर, टीका, ध्वजा पतका लगाई दसंैको बिदाइको रूपमा सरायँ खेल्ने पुरानो चलन हो ।
घटस्थापनादेखि पूजाआजा गरिएको देवीको मन्दिरको फूलपाती टीका, अक्षता, डोलामा राखेर सरायँ नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगि सेलाइने चलन छ । यसरी सेलाएपछि यसवर्षको दसंैलाई समेत बिदा गरिने र एकवर्षका लागि पूनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा पूर्णिमाको चार दिनपछि ‘दमिनी सराय’ निकाल्ने चलन रहेको रैनादेवी छहरा–४, का वडाध्यक्ष विष्णु पोखरेलले बताए । उनी भन्छन्, ‘परम्परादेखि नै गाउँका देवी मन्दिरमा भएका सयौं खुँडालाई धारिलो बनाई प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा निकालेर ठोक्काउने चलन छ । तरबार, खुँडा, भाला, ठोक्काएर नचायो भने देवी खुसी पार्न सकिन्छ भन्ने यस क्षेत्रमा जनविश्वास छ ।’
पाल्पाको मस्याम, वन्दीपोखरा, भारकोट, बतासे, बौघागुम्हा, ख्याहा, भुवनपोखरी, मुझुङ्गमा सरायँ नाचिएको छ ।