पाल्पा, असोज १२
तानसेनका सहकारीलाई एक आपसमा सहकार्य गरि विकास निर्माणका कार्यमा सहकार्य गर्न नगरप्रमुखले आग्रह गरेका छन् । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले सहकारीमार्फत् परिचालन हुने रकमलाई नगर विकासमा परिचालन गर्न आग्रह गरेका हुन् ।
शनिबार पाल्पाको तानसेनमा भएको आनन्द बचत तथा ऋण सहकारी र श्रीगर बहुउद्देश्यीय सहकारी संस्था तानसेनको साधारणसभामा नगरप्रमुख शाहीलेसहकारी भनेकै एकापसमा सहकार्य गरेर जाने माध्यम भएकाले यसलाई सुदृढ बनाएर अगाडी बढ्नुपर्ने बताएका हुन् । उनी भन्छन्, ‘तानसेनका सहकारीमा मात्र १ अर्व ३५ करोड रुपैया परिचालन भएको छ । यस्तो अवस्थामा सो रकम नगर विकासमा परिचालन गर्न सके तानसेनको विकासले फड्को मार्ने थियो ।’ नगर प्रमुख शाहीले तानसेनका सबै सहकारीलाई आग्रह गर्दै बचत र ऋणको मात्र कारोबार गरेर नपुग्ने बताए । उनले सहकारीले सामाजिक उत्तरदायित्वसंँग जोडिर, नगरको हरेक किसिमका विकासको क्षेत्रका लगानी गर्न आग्रह गरे । सहकारीमा आर्थिक रुपमा विपन्न भएकादेखि उच्च तहका व्यक्तिहरुको समेत बराबर हैसियत रहने बताए । उनले नगरको आवश्यकतालाई हेरेर उत्पादनमुलक क्षेत्रका आगामी दिनमा लगानी गर्न सहकारी संस्थाहरुलाई नगर प्रमुख शाहीले आग्रह गरे । ‘सहकारीमा लाखौ जनता जोडिएका छन । अरवौ रकम संचित भएर बसेको छ, शाहीले भने, यो रकम लाई नगर सरकारले ग्यारेन्टीमा नगरको विकास निर्माण तथा आयमुलक, उत्पादनमुलक क्षेत्रमा लगानी गर्न स–सानो पुँजी भएका सहकारीहरु लाई मर्ज गरेर उद्देश्यमुलक काम गर्न सकिन्छ ।’
आनन्द बचत तथा ऋण सहकारीको साधारणसभामा बोल्दै प्रदेश नंं ५ का प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यले सहकारीका माध्यमबाट कृषि, शिक्षा, स्वास्थ्य तथा अन्य क्रियाकलापलाई प्रत्यक्ष फाईदा पु¥याउन सकिने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठलेण् पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता बढ्दै गएकाले सबै वित्तिय क्षेत्रमा जस्तै सहकारीलाई पनि यस्तो समस्याले सताउन बताए । उनले उत्पादन र आर्थिक आयआर्जनका क्षेत्र खोजेर लगानी गर्नुपर्ने अवस्था आएको बताउँदै दुई वा दुई भन्दा बढी सहकारीलाई एकीकरण गरेर अघि बढ्नु पर्ने नीति व्यवहारमा लागु गर्न कठिनाई रहेको बताए ।
श्रीनगरको साधारणसभामा जिल्ला सहकारी संघका सदस्य भेषराज सुवेदीले बचतको कारोबार मात्र नगरी आयआर्जनका क्षेत्रमा सहकारीको रकमलाई परिचालन गर्नुपर्नेमा जोड दिए । उनले जिल्ला सहकारी संघले यस्ता विषयमा धेरै पटक छलफल पनि चलाएको बताए । बचत र ऋणको काम मात्र नभएर अन्य क्षेत्रमा पनि सहकारीले सहयोग गर्नुपर्ने बताए । आनन्द बचतले ९ औं वार्षिक साधारण सभा तथा श्रीनगरले १९ औं साधारणसभा सम्पन्न गरेको हो ।