पाल्पा, असोज ११
लु १ ख ६१८० नम्बरको बसमा ढुङ्गा खस्दा बसमा सवार ५ वना घाईते भएका छन् । पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको बसमा हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुहरु घाईते भएका हुन् ।
बसमा २० जना यात्रु सवार रहेकोमा पाँच बाहेक अन्य यात्रुलाई कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो १ बजेर २० मिनेट जाँदा बसमा ढुंगा लागेको थियो । घटनाबाट बसका चालक तिलोत्तमा नगरपालिका ४ का बस चालक ३५ वर्षीय कमल राउत, वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका ६ का ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी ५ का २३ वर्षीय सन्तोष चोहान घाइते भएका छन् ।

घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।