पाल्पा, असाेज ९

रम्भा गाउँपालिकाको बार्षिक कार्यक्रम २०७६/७७ अन्तरगत गा पा को आर्थिक सहयोगमा रम्भादेवी साना किसान कृषि सहकारी सस्था लिमिटेड को आयोजनामा सन्चालित पशु आहारा_तथा जैविक मल उत्पादन कार्यक्रम सम्पन्न भएकाे छ ।

रम्भा गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सस्था का अध्यक्ष कृष्ण प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रम्भा गाउलालिका का जनप्रतिनिधी ,विभिन्न क्षेत्रबाट कृषि बिज्ञ एबम सङ्घ सस्थाका प्रतिनिधी को आतिथ्यता थियो । पशु आहारा तथा जैविक मल उत्पादन कार्यक्रम अन्तरगत ३० जना साना किसान सदस्यहरुलाइ तालिम दिई बाकी कार्यक्रम कार्यक्षेत्रभित्र फैलाउने कुरा सस्था अध्यक्ष पाठक ले जानकारी दिनुभयो ।

कार्यक्रमका रम्भा गा पा अध्यक्ष भण्डारीले कृषि क्षेत्रको विकास मा गाउपालिका सधै लागिरहेको र समग्र पक्षबाट रम्भा लाई नमुना गाउपालिका बनाउने साथै यो सुरुवात रहेको कुरा बताउनुभयो । सस्था उपाध्यक्ष केदार बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन उदयराज अधिकारीले गर्नुभएको थियो ।