पाल्पा, असोज ७

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज समापन गरिदै छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आज जिल्लामा विरोध सभा गरेर समापन गर्न लागिएको हो ।
विपीको जन्मजयन्तीको अवसरमा सबै प्रदेशसभा निर्वाचन क्षेत्रका तोकिएको स्थानमा १०६ बिरूवा रोपेर जागरण अभियानको शुभारम्भ गरिएको थियो । देशका ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको जागरण अभियानमा खटिएका केन्द्रिय प्रतिनिधिहरुले सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधि पार्टीको आगामी रणनीतिका बारेमा कार्यकर्ताहरुलाई वडास्तरमा भेला गरेर जानकारी गराएका थिए ।

नेपाली काँग्रेस पाल्पाले दाेस्राे जागरण अभियानका अाज (मंगलबार) समापन गर्दै छ । कांग्रेस पाल्पाले तानसेनकाे मख्खनटाेलमा बृहत विराेध सभाकाे अायाेजना गरेर जागरण अभियानकाे अाैपचारिक समापन गर्ने बताइएकाे छ ।

भष्टाचार, महंगी, कुशासन, कर वृद्दी गरि सरकारले जनताकाे दमन गरिरहेकाे भन्दै विराेध प्रदर्शन गरिन लागेकाे प्रचारप्रसार संयाेजक राधेश्याम ज्ञवालीले बताए । दिउँसाे ११ः३० बजे हुने सभालाइ केन्द्रीय नेतृत्व र जिल्लाका नेताहरूले सम्बाेधन गर्ने बताइएकाे छ ।

यसैबिच नेपाली कांग्रेसले अन्तक्रिया कार्यक्रममा पूर्वखोला र रामपुरमा सम्पन्न भएको छ । नेपाली काँग्रेस क्षेत्र १ प्रदेश ‘क’ को आयोजनामा दोस्रो चरणको रााष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्तक्र्रिया कार्यक्रम भएको हो । पूर्वखोला गाउँपालिका ३ मा भएको अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतन्त्रको संस्थागत विकासका लागि पार्टीलाई सशक्त बनाएर लैजानुपर्ने बताएका छन् । उनले संगठन बलियो भए मात्र लोकतन्त्र बलियो हुने भएकाले पार्टीलाई वडा तहदेखि नै सशक्त र बलियो बनाएर लैजान नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विशिष्ट अतिथि तथा केन्द्रीय प्रतिनिधि दोवाटे विकले राष्ट्रिय जागरण अभियानले जनतामा उत्साह पैदा भएको बताए । उनले वर्तमान सरकारबाट निरास बनेका जनताहरु घरदैलोमै काँग्रेस आईपुगेको भन्दै उत्साहित बनेको धारणा व्यक्त गरे ।
कार्यक्रममा महासमिति सदस्य ज्ञानबहादुर गाहाले संगठनलाई बलियो बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिए । काँग्रेस गाउँ कार्यसमितिका संयोजक कृष्ण पौड्यालको अध्यक्षता, नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति झमनबहादुर राज मगरको स्वागत,
क्षेत्र नं.१ प्रदेश ‘क’ का सचिव अर्जुन रेस्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । त्यस्तै रामपुर नगरपालिका ९ जगवादीमा पनि काँग्रेसको अन्तक्र्रिया भएको छ । कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा गण्डकी प्रदेशका सांसद दोवाटे विकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति देवराज ढकाल, महासमिति सदस्य विष्णुमाया ढकाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपमेयर विष्णुदेवी घिमिरे (आचार्य), रानपाका प्रवक्ता हुमनाथ अर्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।