पाल्पा, असोज ३
तानसेन–रानीमहल सडकको गाईघाटमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने सडक पहिरोका कारण रोकिएको हो ।
लगातारको वर्षाका कारण बिहिबार बिहान १० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको सुशील कुँवरले बताए । उनले बाटोमा पहिरो खसेपछि रानीमहल जाने यात्रुहरु अलपत्र परेका परेको बताए । कतिपय यात्रुहरु पैदल हिँडेरै रानीमहल पुगेका छन् । रानीमहल हिँड्दै गरेका तानसेनका राजेश शाहीले सडकमा पहिरो खसेका कारण बाटैबाट फर्किएको बताए ।
पहिरोका कारण यस क्षेत्र भएर स्याङ्जाको सटुका जाने यात्रुहरु समेत अलपत्र परेका छन् । छेर्लुङका लागि हिँडेका धन बहादुर बस्नेतले पहिरोकै कारण अगाडी जान नसकेको बताए । तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले रानीमहल जाने बाटो तत्काल खुल्ने सम्भावना नरहेको बताए । उनी भन्छन्, ‘लगातार पानी परिरहेको छ । बाटो खोल्न अहिले सहज छैन । पानी बसेपछि एक÷दुई पछि बाटो खुल्छ ।’ यससँगै जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन् । बिहिबार बिहान परेको अविरल वर्षासँगै ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक पहिरोका कारण रोकिएका छन् ।
तस्वीरः
१. पहिरोका कारण अवरुद्ध तानसेन–रानीमहल सडक । तस्वीरः मुक्ति÷नागरिक