पाल्पा, असोज २
जिल्ला प्रहरी कार्यालय पाल्पाले कक्षा १ देखी ५ सम्मका २७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कपि, डटपेन, कटर, इरेजर र पेन्सिल विद्यार्थीहरुलाई बितरण गरिएको प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले बताए ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रहरीले बालबालिकालाई घरेलु हिंसा, ट्राफिक, सामाजिक बिकृति तथा सरसफाई सम्बन्धी जनचेतनामूलक सन्देश समेत प्रदान गरेको सापकोटाले बताए । उनी भन्छन्, ‘सामुदायिक बिद्यालयहरु लक्षित विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई पठन पाठनको क्रममा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु बिवरण गरिएको हो । हामीले बैंकर्श एसोशियसन अफ पाल्पा मार्फत प्राप्त भएका शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।’ तानसेन नगरपालिका–५, सेतिपोखरी स्थित श्री जनहित प्राथामिक बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।