छैठौं परिवार नियोजन दिवस मनाईयो

पाल्पा, असोज २
किशोर किशोरीहरुले खुलेर यौनका कुरा गर्न थालेका छन् । युवा अवस्थामा आफूहरुलाई परेको समस्या र समाधानका उपायहरु खोज्दै किशोरकिशोरीहरुले अन्तरक्र्रिया समेत गरेका छन् । बुधबार पाल्पाको तानसेनमा भएको कार्यक्रममा किशोर किशोरीहरुले खुलेर आफ्ना समस्याहरु राखेका थिए । उनीहरुले अनिश्चित गर्भधारण, आकस्मिक परिवार नियोजन तथा साधनहरु तथा यौन समस्या र समाधानका विषयमा खुलेर कुरा गरेका हुन् ।
पाल्पा टेक्निकल इन्टिच्यूटमा नेपाल परिवार नियोजन संघले गरेको कार्यक्रममा बोल्दै एक युवाले आफूहले यौनलाई ठूलो रुपमा लिँदा समस्यामा पर्न सक्ने सम्भावना रहन गरेको बताए । उनले आफूहरुलाई जानकारी नभएको विषयमा अभिभावक तथा स्वास्थ्य संस्थाहरुलाई जानकार रहनु आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी मिलन खड्काले परिवार नियोजनका साधनहरु र अनिश्चित गर्भपतन तथा लाञ्छना जस्ता विषयले किशोरकिशोरीहरुलाई सहयोग पु¥याएको बताए ।
तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मिदेवी पाठकले किशोर अवस्थामा प्रजनन अधिकारको बारेमा जानकारी हुनु आवश्यक रहेको बताईन् । उनी भन्छिन्, ‘आमा तथा बाल शिशु मृत्युदर कम गर्न युवाको महत्वपूर्ण भूमिका रहन्छ । युवाले आफ्ना समस्या राखेर समाधानका उपाय समयमै राख्न नसके यसले दुर्घटना निम्त्याउन सक्छ ।’
किशोर किशोरीहरुसँग अन्तरक्र्रिया गरेर पाल्पामा परिवार नियोजन दिवस मनाईएको छ । ‘‘किशोर किशोरी सहभागीता परिवार योजना सेवाको सुनिश्चितता’’ भन्ने नाराका साथ छैठौं परिवार नियोजन दिवस मनाईएको हो । नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक शोबाकान्त न्यौपानेले परिवार नियोजन सेवाको महत्व, स्थायी र अस्थायी साधनहरुका विषयमा किशोरकिशोरीहरुलाई जानकारी प्रदान गरे । नेपनि संघका युवा संयोजक माला न्यौपानेले युवाहरु प्रजनन शिक्षाका बारेमा जानकार रहनु आवश्यक रहेको बताईन् । उनले व्यवस्थित परिवार निर्माणका लागि युवाहरुलाई प्रजनन अधिकारको जानकारी आवश्यक भएको बताईन् ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका सभापति बुद्धिप्रसाद शर्माले युवाले चाहे देश परिवर्तन सम्भव रहेको बताउँदै यौनका कुरा गुम्स्याएर राख्न नहुने धारणा व्यक्त गरे । परिवार नियोजन संघले तानसेन नगरपालिकाको सहकार्यमा अन्तरक्र्रिया कार्यक्रम गरेको हो ।कक