पाल्पा, असोज १
कालिगण्डकी नदीमा दाउरा छोप्ने क्रममा नदीमा एक व्यक्ति बेपत्ता भएका छन् । वगनाशकाली गाउँपालिका–६ दुर्पकका ४० वर्षीय गुरु बहादुर बोटे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुधबार दिउँसो ३ बजे नदीको सतह बढेको र बाढीले ल्याएको दाउरा छोप्ने क्रममा बोटे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले बताए । उनलाई नदीले बगाएर बेपत्ता भएको आशंकामा प्रहरीले खोजी कार्य तिव्र पारेको सापकोटाले बताए । दिउसो २ः३० सम्म नदी छेउमै दाउरा छोपीरहेका बोटो अचानक बेपत्ता भएको बताईएको छ ।