पाल्पा, भदौ २४
बाल लघुकथा सङ्ग्रह ‘अलग बाटो’ र बालगेडी सङग्रह ‘अक्षता’ एकसाथ बजारमा आएका छन् । गौरी पब्लिक रिलेशन एन पब्लिकेशन काठमाण्डौं बालबालिकाको लागि रचना गरिएका दुई कृती एकसाथ बजारमा ल्याएको हो ।
पुष्कर अथक रेग्मीद्वारा रचित बालबालिकाको सङग्रह बजारमा आएको हो । रेग्मीद्वारा रचित ११ औं कृती ‘अलग बाटो’ र १२ औं कृती ‘अक्षता’ को तानसेनमा विमर्श गरिएको छ । सङग्रहीत बाल लघुकथा ‘अलग बाटो’ को समीक्षा गर्दै सहप्राध्यापक टंकप्रसाद भट्टराईले सबै एउटै बाटो हिड्नु आवश्यक नभएको औल्याए । ‘कृतीकारले सामाजिक र बालमनोविज्ञानको समायोजन कथामा गरेका छन् । मनोरञ्जनात्मक, चित्रकारात्मक प्रयोग लघुकथामा गरिएको छ, समिक्षक भट्टराईले भने, बालबालिका नयाँ प्रयोग गर्न रुचाउँछन् । हामी उनीहरुलाई नयाँ प्रयोग गर्नबाट रोक लगाउँछौं । उनीहरुलाई प्रयोग गर्न दिने र जिज्ञाशा समाधान हुन दिँदा सबै एउटै बाटोमा होईन फरक बाटोमा हिड्न सक्छन् ।’ उनी भन्छन्, अलग बाटोले बालबालिकामात्र नभई अभिभावक र शिक्षकमा पनि फरक सोंचको विकास गर्न सहयोग पु¥याउँछ । यस्तै बालगेडी सङग्रह ‘अक्षता’ को समीक्षा गर्दै उपप्राध्यापक टंक पन्तले बालगेडी बालबालिकाको लागि एघार कविताको सङग्रह भएको बताए । उनी भन्छन्, ‘बालबालिकाले ख्यालख्यालमै सिक्नेहुन् । कक्षागत रुपमा जानेका कविता जस्तै सिलसिलेवर रुपमा विभिन्न क्षेत्रका विषयवस्तुलाई अक्षतामा उतारिएको छ ।’ पन्तले पुष्करराज रेग्मी साँच्चिकै बहुप्रतिभाका धनी भएको बताए ।
रेग्मी जीवन र जगतको दृष्टिकोण कथामा प्रस्तुत गर्न सक्ने व्यक्ति भएको साहित्यकार नैना नेपाल ढकालले बताईन् । उनले बालकथाले नेपाली बालबालिकाको वास्तविक परिस्थितिहरुलाई रोचक ढङगबाट व्यक्त गर्न सफल भएको बताईन् । सर्जक रेग्मीले सिर्जना व्यक्तिगत कला भएपनि कला प्रकाशित गरेपछि सबैको साझा सम्पत्ति भएकोले सबैको सहयोग प्राप्त हुने बताए । प्रकाशित दुवै कृती ३२ पृष्ठ र ११ उपशिर्षकमा समेटिएका छन् । पाल्पा साहित्य समाजले रजत महोत्सवको अवसर पारेर कृती विमर्श गरेको हो ।
कार्यक्रममा उपस्थित साहित्यकारहरुले पुष्कर अथक शिक्षा, प्रशासन, राजनीति, यौन, मानवीय संवेदनाका विषयवस्तुहरुलाई टिपी कथनिय विषयवस्तुहरुको वर्णन गर्न सक्ने साहित्यकार भएको चर्चा गरे । रेग्मीका यस अगाडी नै अपसोंच, आमा, अग्रदूत, अनुसन्धान, अवलोकन, अन्तराल, अनुरोध, अठार, अन्ततः र अमृताञ्जली १० रचना प्रकाशित छन् । सो अवसरमा पाल्पा साहित्य समाजले रजत महोत्सवको रजत महोत्सवको अवसर पारेर लोगो समेत सार्वजनिक गरेको थियो । गौरी पब्लिकेशनले मंसिर १ गते एकसाथ १ सय १ बालबालिकाहरुको सङग्रह विमोचन गर्ने कार्यक्रम राखेको भएता पनि पहिले नै बजारमा कृतीलाई ल्याएको पाल्पा साहित्य समाजले जनाएको छ ।