पाल्पा, भदौ ८

नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले क्याम्पसलाई गुणस्तरी र विद्यार्थी मैत्री बनाउन ध्यानाकर्षण गराएको छ । आईतबार क्याम्पस प्रमुख जीवनबहादुर थापाको कार्यकक्षामा पुगी नेविसंघका इकाई कार्यवाहक सभापति सुवास गैरे, संघका केन्द्रीय सदस्य हरिबोल भट्टराई, पुण्यप्रसाद सुवेदी लगायतले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नयाँ पाठ्यक्रम अनुसारका पुस्तकहरुको व्यवस्था गरी सबै विद्यार्थीहरुको पहुँजमा इलार्ईब्रेरी पु¥याउनुपर्ने, छात्राहरुका लागि छात्रावासको व्यवस्था गरिनुपर्ने, विज्ञान संकायको भवनमा चमेना गृहको व्यवस्था गरिदिनुपर्ने,खेलकुदका लागि खेलमैदान तथा खेलकुद सामग्रीहरुको प्रवन्ध गरिदिनुपर्ने, क्याम्पसको वडापत्र तथा विद्यार्थी सूचना पार्टी अध्यावधिक गरिनुपर्ने, विद्यार्थीहरुका लागि समान ड्रेसको व्यवस्था गरिदिनुपर्ने, उत्कृष्ट विद्यार्थीहरुलाई समानको व्यवस्था मिलाउनुपर्ने, स्वच्छ खानेपानी, शौचालयको सरसफाईमा ध्यान दिनुपर्ने, कर्मचारी पदपूर्ति स्वच्छ गरिनुपर्ने लगायतका मागहरु कार्यवाहक सभापति सुवास गैरेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुख जीवनबहादुर थापाले विद्यार्थीहरुको मागलाई सम्बोधन गर्ने बताए ।