पाल्पा, भदाै ६

पाल्पामा नौमति बाजा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तानसेन नगरपालिका ५ को सेतिपोखरी नौमति बाजा समुह पहिलो भएको छ ।

तानसेन नगरपालीकाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १० समुहले भाग लिएका थिए ।  शुक्रबार तानसेनको टुडिखेल मैदानमा भएको प्रतियोगितमा लालुपाते नौमति बाजा समुह वडा नम्बर ७ दोस्रो र चण्डीटोल विकास नौमति बाजा समुह वडा नम्बर ११ तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुनेले ५० हजार नगद, दोस्रोले २० हजार र तेश्र्रो हुनेले १० हजार नगद प्राप्त गरेको छ ।  शनिबार तानसेनमा मनाईने एैतिहाशिक भगवती जात्राको अवसरमा प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालीकाले जनाएको छ । स्थानिय कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले जिल्लामै पहिलोपटक पन्चेबाजाको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।