दीपक पाेखरेल

पाल्पा, भदाै १

पाल्पामा संगित क्षेत्रमा आबद्ध कलाकारको भेलाले कलाकार मंच पाल्पा गठन गरेको छ । तानसेनमा आज पहिलो अधिबेशन गर्दै प्रेम लामिछानेको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन भएको हो ।

।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन थापा, उपाध्यक्षमा पुरन गाहा,महिला उपाध्यक्षमा निरु सुनार ,महासचीवमा सुमन गैरे ,सचिबमा थम्मन रास्कोटी मगर, सहसचिबमा नन्दा पचभैया ,कोषाध्यक्षमा अन्जु थापा,सहकोषाध्यक्षमा टिना राना र कमल गाहा निर्बिरोध निर्वाचित भएका छ्न । त्यस्तै सदस्यहरुमा नारायण बस्याल ,मनोज गोतामे ,बिष्णु पन्त,नारायण कुवर,माया सारु,रमेश भट्टराई ,सित्तल लामिछाने ,दिनेश काफ्ले ,पुरन राना ,नैना परियार र श्रीजना अधिकारी चयन भएको महासचिव सुमन गैरेले जानकारी दिए । त्यस्तै सन्तोष बस्याल, मदन देउराली, भरत खड्की, मेख सारु, रेवती राना र खेमगोपाल सारु सल्लाहकारमा चयन भएका छ्न ।

रास्ट्रीय लोक दोहोरी गित प्रतिष्ठानमा नअटाएका कलाकारले गठन गरेको संस्था हो भन्ने प्रश्नमा गैरेले यो संस्था गठन दोहोरी गित प्रतिस्ठान पाल्पाको विरुद्ध नभई कलाकारहरु हकहितको लागि गठन गरेको प्रष्ट पारेका छ्न । उनले त्यसो भने पनि उक्त कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानमा आबद्ध कलाकारको उपस्थिति देखिएन ।