पाल्पा, साउन २९ 

पाल्पामा पहिलो पटक नौमति बाजा प्रतियोगिता हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा जिल्लाका स्थानीय तहमा रहेका समुह बिच प्रतियोगिताको आयोजना गरिएको हो । एतिहासिक भगवती जात्राको अघिल्लो दिन पारेर कृष्णजन्मास्टमीका दिन भाद्र ६ गते तानसेन टुडिखेल मैदानमा प्रतियोगिता हुने नगरपालीका अन्र्तगतको टुरिजम एक्सन कमितिका संयोजक सागर महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने समुहलाई १० हजार प्रदान गरिने संयोजक महर्जनको भनाई छ । तानसेन नगरपालीकाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत बिष्णु पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन नगरपालिका, गाँउपालिका तथा सम्बन्धीत वडाको सिफारिस अनिवार्य हुनुपर्ने छ । प्रतियोगितामा प्रचलित नौमतिका सबै बाजाहरु हुनु पर्ने आयोजकले जनाएका छन् ।