हरि रूचाल

पाल्पा, साउन २७

नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नजिकीएसगै कलाकारहरुको तीज गीत बजारमा ल्याउने घम्साघस्मी चलिरहेको छ । यस्तै क्रममा पाल्पाली लोकप्रिय नक्कले भिनाजु कि विष्णु ठडराई को स्वरमा नयाँ तीज गीत साली भेना बजारमा सार्वजनीक भएको छ ।

विष्णु ठडराई को जन्म थलो भनेर पाल्पाको पश्चिम तानसेन नगरपालिका वाड-११ बन्दीपोखरा रहेको छ । २०७२ साल देखि साँगेतीक यात्रा सुरु गरेकी हुन् । हाल सम्म दर्जनौ एल्बमहरुमा स्वर दिसकेकी छन् विष्णु ठडराई । लय तथा शब्द आफै विष्णु ठडराई र माधव अधिकारी को रहेको छ भने स्वर मा भने ठडराई लाई साथ दिएका छन् पछिल्लो समय सफल गायक माधव अधिकारीले । गीतको छायाँकन अविरल फिल्मस प्रा.ली रहेको छ भने निर्देशन विष्णु भट्टराईल रहेको छ । सुरवीर पण्डित (दारी बा) र करिष्मा ढकाल ले गीतमा उत्कृष्ट नृत्य देख्न सकीन्छ । गीतको भिडियोको बजार ब्यबस्थापन भने विशाल रायमाझी नक्कले भिनाजु को युवटूब च्यानल गरेको छ । बर्षेझरी अनि तीजको माहोल सँग सँगै यो गीतको लय शब्द र भिडियोले मेल खाने हुनाले पनि नेपाली दाजुभाई दिदीबहिनी आमाबुवाहरुले मन पराउने गायिका विश्णु ठडराई को विश्वास छ ।

हाल सम्म छोटो समय मै हजारौ दर्शक तथा श्रोता महानुभावहरूले यो गित लाई माया गरिदिनु भएकोमा सांगितिक प्रेमी दर्शक तथा श्रोताहरू प्रति आभारी रहेको युवा गायिका तथा गायक विष्णु ठडराई र माधव अधिकारी ले बताए। यो तीज गीत पनि सबैले हेरेर माया अनि सल्लाह सुझाव दिनुहुन समेत अनुरोध गरेका छन्। प्रशिक्षार्थी