पाल्पा, साउन २५
पाल्पामा पहिलो पटक फोटो प्रतियोगिता तथा प्रदर्शनी सुरू भएको छ । शुक्रबारबाट सुरू भएको प्रतियोगितामा तानसेनलाई चिनाउने ७० बढी फोटोहरु राखिएको छ ।
तानसेनको पर्यटन प्रवद्र्धन गर्न तानसेन नगरपालिका भित्रको विविध क्षेत्रहरुको तस्विर प्रतियोगिता तथा प्रदर्शनी सुरू गरिएको कार्यक्रम संयोजक राजेश्वर उदयले बताए । उनी भन्छन्, ‘तानसेन आँफैमा ऐतिहासिक, पुरातात्विक महत्वको पर्यटकीय शहर हो । यहाँको पर्यटन क्षेत्रको विकास तथा भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रतियोगिताको आयोजना गरेका हौं । युवायुस्ताहरु सामाजिक सञ्जाल बढी प्रयोग गर्छन्, तानसेनको फोटो पोष्टगर्दा यहाँको विविधताका विषयमा पर्यटकहरुलाई जानकारी हुन्छ । प्रदर्शनीले तानसेनको विकासका लागि सहयोग पु¥याउने विश्वास गरेका छौं ।’
पाल्पाका शिक्षाविद् छत्रराज शाक्यले तानसेनको दर्शनीय स्थलहरुलाई बाहिर ल्याउन सहयोग पु¥याउने बताए । ‘पर्यटकहरुलाई आकर्षण गर्न सक्ने फोटोहरु प्रदर्शनीमा रहेछ । तानसेन भित्रने जोसुकैले पनि यहाँका प्रमुख स्थानको बारेमा जानकार हुन सक्छ । फोटोहरुमा पनि तानसेन निकै सुन्दर, मनोरम र आकर्षक देखिएको छ, शाक्यले भने, युवा पिँढीका फोटोग्राफरहरुले तानसेन चिनाउन सहयोग पु¥याएका छन् ।’ प्रदर्शनी अवलोकनमा आएका टंक प्रसाद भुषाले युवापिढीमा फोटो मोह बढीरहँदा फोटोप्रदर्शनी आयोजना हुनु निकै खुसीको विषय भएको बताए । उनले फोटो प्रदर्शनीले युवाको फोटो क्रेजलाई बढाएको र पर्यटनको विकाससँगै भएको बताए । विमल बस्याल भन्छन्, ‘फोटोग्राफीलाई प्रोत्साहित गरेको छ । पर्यटकीय स्थानको पहिचान गराउन सहज बनाएको छ । २०२० मा नेपालमा पर्यटकको संख्यामा वृद्धि गर्न मद्दत गर्दछ ।’
पाल्पा दरबार सङ्ग्राहलयमा प्रदर्शनी गरिएको छ । प्रवेश निशुल्क र दर्शकलाई सबैभन्दा उत्कृष्ट लागेको तस्विर छनौट गरिने कार्यक्रम समेत राखिएको आयोजक तानसेन नगरपालिकाले जनाएको छ । प्रतियोगितमा प्रथम हुनेलाइ २५ हजार, द्वितीय हुनेलाइ १५ हजार, तृतीय हुनेलाइ १० हजार र सान्वनालाइ नगदर ५ हजारले सम्मान गरिँदैछ । प्रतियोगिता आईतबारसम्म सञ्चालन हुनेछ ।