पाल्पा, साउन २४

पाल्पामा पहिलाे पटक फाेटाे प्रतियाेगिता तथा प्रदर्शनी सुरू भएकाे छ । शुक्रबारबाट सुरू भएकाे प्रतियाेगिता अाइतबार सकिँदैछ ।

तानसेन नगरपालिकाको आयोजना र Tourism Action CommitteeTansen (TACT) को संयोजनमा तानसेनमा पहिलोपटक तानसेन र तानसेनको पर्यटन प्रवर्द्धन गर्न तानसेन नगरपालिका भित्रको विविध क्षेत्रहरुको तस्विर प्रतियोगिता तथा प्रदर्शनी सुरू गरिएकाे कार्यक्रम संयाेजक राजेश्वर उदयले बताए । प्रतियाेगितामा १५ जनाका ७५ फाेटाेहरू प्रदर्शनीमा राखिएकाे छ ।

पाल्पा दरबार सङ्ग्राहलयको दक्षिणभागको भुइतलामा श्रावण २४ गतेदेखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म प्रदर्शनी रहनेछ । प्रवेश निशुल्क र दर्शकलाई सबैभन्दा उत्कृष्ट लागेको तस्विरको नम्बर लेखी बाकसमा खसाली दर्शकको दृष्टिकोणमा उत्कृष्ट तस्विरलाई Viewer’s Choice Award बाट सम्मानित गरिने बताइएकाे छ ।

प्रतियाेगितमा प्रथम हुनेलाइ २५ हजार, द्वितीय हुनेलाइ १५ हजार, तृतीय हुनेलाइ १० हजार र सान्वनालाइ नगदर ५ हजारले सम्मान गरिँदैछ ।