रिता बस्ताकोटी ,२३ साउन २०७६/ चितवन ।

पृथ्वीमा मानवको उत्पत्ति लगभग ५ लाख वर्ष पहिले भएको र त्यतीबेला ९८% मानिसले जंगलमा बसी जनावरको शिकार गरेर र कन्दमुल खाएर जिवन व्यतीत गर्थे । त्यसपछि १०–१२ हजार वर्ष अघिमात्र मानिस कृषि युगमा प्रवेश गरि जनावर र वनस्पतीहरुको उत्पादन गरेर आजको अवस्थामा आईपुगेको विश्लेषणहरुबाट थाहा पाउन सकिन्छ  ।

खेती गर्न थालेपछि मानिसहरुले कृषि सम्बन्धी अनुसन्धानहरु पनि गर्न थाले । बढ्दो जनसंख्यालाई खाद्यान्न पुरा गर्नको लागी मानिसहरुले विभिन्न बालीनाली, काम लाग्ने वनस्पती र जनावरहरुको छनौेट, बढी उत्पादन दिने बालीनाली र पाल्तु पशुहरुका नश्लहरुको विकास भए । एउटै क्षेत्रमा धेरै थरिबाली लगाउने र बढी भन्दा बढी उत्पादन लिनको लागी बाली नाली र पशुहरुलाई क्षती गर्ने रोग किरालाई नियन्त्रणका उपायहरुको खोजी गर्न थाले ।

फलस्वरुप पश्चिमी मुलुकहरुले औद्योगिक क्रान्ती र कृषि क्रान्तीको मुख्य आधार (श्रेय) रासायनिक विषादी (रासायनिक पदार्थ) हुन गयो । दोस्रो विश्व युद्धतिर बालीनाली वस्तुभाउ र मानिसलाई दुख दिने किरा एवं अन्य विनाशकारी शुक्ष्म जिवाणु ब्याक्टेरीया, फन्जी आदीलाई नियन्त्रण गर्न रासायनिक पदार्थहरुको विकास सँगै प्रयोगमा व्यापकता आएको पाईन्छ । जसको फलस्वरुप तत्कालमा कृषि उत्पादनमा बृद्धि पनि भयो भने मानिसमा लाग्ने औलो, टाईफाइड जस्ता रोगहरु पनि नियन्त्रण भए । मानिसहरु खुसी पनि भए । तर जब १९६२ मा संयुक्त राज्य अमेरीका रासेल कार्सन नामक महिला वैज्ञानिकले उक्त बिषादीहरुले वातावरणलाई नकारात्मक असर पारेको पर्यावरणीय सन्तुलन बिगारेको र जसले विश्वमा मानव अस्तीत्व पनि संकटमा परेको कुरा बाहिर ल्याइन, त्यसपछि विश्वका चेतनशिल मानव समाजको ध्यान त्यतातिर गएको देखिन्छ ।

जबकी रासायनिक बिषादीले बालीमा लाग्ने किरा सजिवलाई नष्ट गर्छ भने हामीले जिवन धान्नको लागी प्रयोग गर्ने ति बालीबाट उत्पादित खाद्यान्न र तरकारी फलफुलमा प्रयोग भएका रासायनिक बिषादीले मानिसको स्वास्थ्यमा पक्कै पनि नराम्रो असर पु¥याएको हुन्छ । तत्कालको प्रयोगले तुरुन्त मानिसमा प्रत्यक्ष असर नदेखिनुमा बालीमा लाग्ने किराहरुको शरीरको आकार सानो हुनु र मानिसको शरीरको आकार ठूलो हुनुले मात्र हामीले अनुभव गर्न सकेका छैनौ ।

आफ्नो जिवन भर यसरी अन्धाधुन्दसँग प्रयोग भएका रासायनिक विषादी सहितको खाद्यान्न, तरकारी र फलफुल हामीले प्रयोग गरि रहँदा पक्कै पनि हाम्रो जन स्वाथ्यमा असर पारिरहेको छ भन्ने कुरा अहिले सामान्य मानिसले पनि सजिलै बुझ्न सक्ने विषय हो । तैपनि विभिन्न तथ्यांकहरुले पनि हामीले खाने गरेको खाद्यान्न र तरकारीमा प्रयोग भएको रासायनिक बिषादीकै कारण जनमानसमा विभिन्न किसिमको भयावय रोगहरु क्यान्सर, सुगर, ब्लडप्रेसर, नपुङसकता, अपांग, दुवी, किड्नी बिग्रने जस्ता रोगीहरुको संख्या बढेको हो भन्ने कुराहरु प्रष्ट पारेको छ ।  यो विषयमा एक तहको शिक्षित वर्गहरु सचेत भएतापनि हाम्रो जस्तो गरिब मुलुकको मध्यम वर्ग, अशिक्षित, किसान मजदुर, उत्पादक वर्ग अझै पनि यो विषयमा जानकार हुन सकेका छैनन् ।

विश्वमा रासायनिक विषादीको प्रयोगको अवस्था:

विश्वकै रासायनिक विषादीको अवस्था हेर्दा सबै भन्दा बढी दक्षिण कोरिया, ईटली, हंगेरी र जापान देशहरु बढी प्रयोग गर्ने देशमा पर्दछन् । नेपालमा पनि विषादिको प्रयोग ३९६ ग्राम/ हे. (सक्रिय पदार्थ) रहेको छ । बाली अनुसार नेपालमा विषादीको प्रयोगलाई हेर्ने हो भने सबैभन्दा बढी तरकारीमा १६०५ ग्राम/ हे. छ भने सबैभन्दा कम फलफूल बालीमा २९.८१ ग्राम/ हे. (सक्रिय पदार्थ) प्रयोग भएको पाईन्छ । भौगोलिक क्षेत्रको आधारमा विषादीको प्रयोगसबैभन्दा बढी तराईमा ९९५ ग्राम/ हे. छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा ८५ ग्राम÷हे. (सक्रिय पदार्थ) प्रयोग भएको पाईन्छ । नेपालमा हालसम्म प्रयोगका लागि बन्देज भएका विषादीको संख्या २१ वटा पुगेको छ भने ३०३४ वटा व्यापारिक नाम भएका विषादीव्यवसायिक कारोबारको लागि दर्ता भएका छन् । विषादी आयातको अवस्थालाई हेर्दा स्थिति झन् भयावह देखिन्छ । सन् १९९७/ ९८ मा ५६ मे. टन विषादी आयात भएकोमा आयात बढ्दै गएर सन् २०१७/ १८ मा ६३५ मे. टन विषादी आयात भएको देखिन्छ । यहाँबाट पनि के पुष्टी हुन्छ भने नेपालमा विषादीको प्रयोग बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्षेनी तिस लाख मानिस विषादीको कारणले बिरामी पर्दछन् भने दुई लाख २० हजार मानिस विषादीको कारणले मृत्यु हुने गरेको छ । विषादीको कारणले बिरामी हुनेमा ९० प्रतिशत भन्दा बढी गरिब तथा कम विकसित देशका मानिसहरु रहेका छन् ।

नेपालमा रासायनिक विषादी प्रयोगको तरकारीमा सबैभन्दा बढी भएको देखिन्छ । हामीहरु नियमीत रुपमा तरकारीको प्रयोग नै धेरै मात्रामा गर्ने भएको कारण पक्कै पनि जन स्वास्थ्यमा रासायनिक विषादीले धेरै नै प्रभाव राखेको छ ।

तेसो भए के छ त रासायनिक विषादीको विकल्प ?

दिनानुदिन बढ्दै गएको जनसंख्यालाई खाद्यान्न आपूर्ती गर्नु राज्यको कर्तव्य हो । तर त्यसको लागी हामीले उत्पादन गरेको खाद्यान्नले फेरी मानिसलाई रोगी बनाएर देशको जनशक्तीलाई निष्कृय पार्ने फेरी अरबौको औषधी उपचारमा परनिर्भर हुनु पर्ने सृजना हुने अवस्थामा पु्याउने यस्ता रासायनिक विषादीको विकल्पमा राज्यको ध्यान जान आवश्यक छ । र यसको विकल्पहरु नभएका पनि हैनन् ।

नेपाल एक भुपरिवेष्ठित राज्य, ठूला शक्तिशाली राज्यको बिचमा रहेको अविकसीत मुलक र भारतसँग रहेको खुल्ला सीमानाको कारण र राज्यले नै विषादी प्रयोगको बिक्रि वितरणको लागी अनुमती समेत दिई यसको व्यापक प्रयोग भैरहेको अवस्थामा रासायनिक विषादीलाई रोक्न कसैको सामथ्र्य छैन । भने आज गर्न सकिने उपाय भनेको आई.पि.एम. प्रविधि हो । जसले बालीमा लाग्ने रोगकिरा, झारपात, मुसा लगायत बालीका शत्रुकिराहरुलाई पर्यावरणमा खलबल नपु्याईकन मित्रु किराहरुद्धारा अथवा विभिन्न भौतिक तथा जैविक विधिहरुको प्रयोग गरि कृषकको बाली संरक्षण गर्न सिकाउँछ ।

मानिसले आफ्नो आवश्यकता पुर्तिका लागी बालीका शत्रु किराहरुलाई निर्मुल पारेर नभई तिनको पनि अस्तीत्वलाई स्वीकार गरेर अलिकती तिमी खाउ, बढी म खान्छु, तिमी पनि बाँच र मलाई पनि बाच्न देऊ भनेर सम्झौता गर्न सक्नुपर्छ । बालीमा किरा देख्नासाथ त्यसलाई मारिहाल्न जरुरत नभएको र तिनको संख्या नोक्सानीको स्तर ननाघे सम्म आतिनु नपर्ने र पर्यावरणीय अवस्थालाई सन्तुलित राख्नको लागी विभिन्न उपायहरुको प्रयोग गर्न आई.पि.एम.ले उत्पादक कृषकहरुलाई सिकाउँछ ।

बाली संरक्षणको लागी आई.पि.एम. विधीहरुमा:

१. खेती प्रणालीमा सुधार गर्ने बालीचक्र अपनाउने, उन्नत विउ लगाउने (मिश्रीत तथा घुम्तीबाली खनजोतमा सुधार, खेतको सरसफाई गर्ने, बाली लगाउने समय तथा दुरी, रोग तथा किरा अवरोधक जात छनौट गर्ने ।

२. प्राकृतिक विधी

प्रकृति मा भएका मित्रजीवहरुको सरक्षण गरेर प्राकृतिक रुपमा नैे रोग तथा किरा व्यवस्थापन हुर्ने ।

३. जैविक विधी 

मित्रु किराको संख्या बढाउने, किरामा रोग उत्पादन गराउने ढुसी, व्याक्टेरीया भाइरस निमाटोड वाट तयार गरिएका जैविक विषादीको प्रयोग गर्ने

४. भौतिक विधिः

शत्रु किरालाई आकर्षण गर्ने विकर्षण गर्ने खान पन नपराउने गन्ध  हुने विभिन्न पदार्थको प्रयोग गर्ने (फरोमेन ट्रयाप, गन्धपासो बत्तिको पासो) बजारमा उपलब्ध छन् ।

५. वानस्पातिक विषादीको प्रयोग

सिस्नु, तितो, पिरो र टर्रो वनस्पतीहरु (असुरो, वनमारा, तितेपाती, निम, खरानी गाईको गहुँत) को रस निकालेर प्रयोग गर्ने ।

निममा आधारित विषादीहरुको प्रयोग गर्ने (निको निम, निमिक्स) ।

६. हर्मोनहरुको प्रयोग

७. रासायनिक विषादीको प्रयोग

बजारमा उपलब्ध विभिन्न रासायनिक विषादीहरु पाउन सकिन्छ । जस्तै

क) किटनाशक विषादीः

मालाथिन, साइपरमेथ्रिन, फेनभ्लेरेटआदी ।

ख) ढुसीनाशक विषादीः

म्यानकोजेव, कार्वेन्डाजीम, कपर अक्सीक्लोराइड आदि ।

ग) झारपातनाशक विषादी

       व्युटाक्लोर, ग्लाइफोसेट २–४ डी आदि

घ) मुसानाशक विषादी

जिंकफोस्फाइड, व्रोमाडियोलान

ङ) अन्य विषादीहरु

सुलसुले नाशक, जुकानाशक, व्याक्टेरिया नाशक विषादी जस्तैः प्रोपार गाइट इथियन, डाइकोफोल, स्ट्रेप्टोमाईसिन आदि ।

किटनाशक विषादीलाई रासायनिक तत्वको आधारमा वर्गीकरण गरिएको

१.  अर्गानो क्लोरीन समुह(क्लोरिन तत्व) सम्पर्क

२.  अर्गानो फस्फेट समुह (फस्फोरस) सम्पर्क दैहीक धुवा

३. कार्वामेटस् समुह (कार्वन) सम्पर्क + दैहीक + धँुवा)

४.  सिन्थेटिक पाइराथ्र्वाइड समुह  सम्पर्क

५ . निकोटिन्वाइड समुह

६.  अन्य

४. शुक्ष्म जीवमा आधारित (ढुसिजन्य, व्याक्टेरीया, भाइरस)

कडापनको आधारमा विषादीको किसिम :

१. ज्यादै बढी खतरनाक                                    रातो

२. बढी खतरनाक                                            पहेलो

३. कम खतरनाक                                             निलो

४. सुरक्षित (ज्यादै कम खतरनाक)                 हरियो

कृषकहरुलाई विषादी सम्वन्धिजानकारी र वैकल्पिक उपायहरुको जानकारी भई सकेपछि आई.पि.एम.को सम्पूर्ण विधीहरुको प्रयोग पश्चात् बालीमा रोगकिरा र झारपातहरुको मात्रा कम हुनेछ ।

यदि कृषकले खेती गरेको लगानीको स्तर भन्दा शत्रु किराहरुको संख्याको स्तरमा वृद्धि देखिएको खण्डमा अन्तिम हतियारको रुपमा रासायनिक विषादीको प्रयोग गर्न सकिन्छ । तर रासायनिक विषादीको प्रयोग गर्दा सुरक्षित विषादीको प्रयोग गर्नुपर्दछ । हरेक बिषादीको बालीमा छर्की सके पछि बालि टिप्नको लागि पर्खनु पर्ने अवधि तोकिएको हुन्छ सो अनुसार बालीको टिपाईको दिन बजारमा पु्याउँदा लाग्ने दिन र उपभोक्ताले उपभोग गर्ने दिनको समयलाई ख्याल गरि विषादीको प्रयोग अत्यन्तै बाध्यात्मक परिस्थितीमा मात्र प्रयोग गरिने हुँदा आई.पि.एम. उत्पादनलाई स्वस्थ उत्पादन हो भनेर भन्न सकिन्छ ।

नेपालमा पनि विगत २ दशक अघि देखि सरकारी, गैर सरकारी संस्थाहरुले आई.पि.एम. कृषक पाठशालाको माध्यमबाट नेपाली कृषकहरुलाई स्वस्थ बाली उत्पादन गराउनका लागी ४००० भन्दा वढी आई.पि.एम. कृषक पाठशाला संचालन गरी १ लाख भन्दा वढी कृषकहरुलाई तालिम दिएको छ । देशको सम्पूर्ण जिल्लाहरुमा तालिम संचालन गर्नको लागी ११८० जना कृषकहरुलाई नै सहजकर्ताको रुपमा, ३९९ जे.टी./  जे.टी.ए., २२८ जना अधिकृत र सि.टि.ई.भि.टि. ६० जना शिक्षकहरुलाई नेपाल सरकारले प्रशिक्षण दिई तयार गरेको छ (तत्कालीन बालीसंरक्षण निर्देशनालको तथ्यांकको आधारमा)।  गरिब मुलुकको उपभोक्तालाई स्वस्थ भन्दा सस्तो उत्पादन छनौट र नेपालको प्राङ्गागारिक उत्पादनको प्रमाणीकरण र लेवलीङ गर्न नसक्नु र छुट्टै वजार तथा भारत लगायत अन्य मुलुकवाट भित्रने गरेको रासायनिक विषादी युक्त भन्नौ गुणस्तर कम भएका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको कारण नेपाली कृषकमा आएको नैरास्यताको कारण आई.पि.एम उत्पादनको अवमुल्यन भएको अवस्थामा गत असार महिनामा सुरु भएको विदेशवाट आयातित कृिष जन्य उत्पादनलाई नाकामा चेक जाँच पछि मात्र नेपाल भित्राउनु पर्ने भन्ने बहसले प्राथमीकता पाए पछि अव आई.पि.एम. उत्पादक कृषकहरुले खुसीयाली मनाउनु पर्ने अवस्था सृजना भएको छ भने यस उत्पादन भएका वस्तुहरुलाई प्रमाणीत/ लेवलीङ र बजारीकरणको लागि सरकारले ध्यान पु्याउनु पर्ने देखिन्छ ।

हाल नेपाल संघिय संरचनामा गएको हुँदा विगत २ दशक देखि आई.पि.एम.को क्षेत्रमा गरेको सरकारको लगानीको समेत ध्यानमा राखी आई.पि.एम. कृषक सहजकर्ताहरुको धेरै भन्दा धेरै परिचालन गर्नको लागी स्थानिय निकायले तुरुन्त कार्यविधी बनाई स्वस्थ बाली उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ भने अर्को तिर नेपाली उपभोक्ताहरुले पनि सस्तो उत्पादन भन्दा स्वस्थ उत्पादन खोजी प्रयोग गर्ने बानीको विकास गर्न जरुरी छ । तत्कालको फाईदालाई हेरेर हामीले रासायनिक विषादी प्रयोग गरेको खाद्यान्न तथा तरकारीले भविष्यमा अनेकौँ रोगको शिकार भै अहिले गरेको बचत भन्दा पनि धेरै गुणा बढी स्वास्थ्य उपचारमा खर्च गर्नुपर्ने बाध्यता नआउला भन्न सकिदैन । ( लेखक श्री रिता वस्ताकोटी विगत् दुई दशक अघि देखी आई.पी.एम. कृषक सहजकर्ताको रुपमा कार्यरत राष्ट्रिय कृषक समुह महासंघ नेपालको केन्द्रीय महासचिव हुनुहुन्छ )