Sunday , September 20 2020

गाउँपालिका अध्यक्षकाे जन्मदिन, विद्यार्थीहरूसँग

पाल्पा, साउन २३
जिल्ला सदरमुकाम तानसेन नगरपालिका–२ मेहलधारामा रहेको समुदायमा आधारित पुनस्र्थापना केन्द्र (सीबीआर) ले जन्मदिन मनाएरै विद्यालय चलाउँदै आएको छ ।
आज साउन २३ गते वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालको जन्मदिन । उनले साथीभाईसँग रमाईलो गर्न छाडेर अपाङ्गता भएका विद्यार्थीको विद्यालयमा जन्मदिन मनाएका छन् । अपाङ्गता भएका विद्यार्थीहरुको पढाईका लागि केही खर्च प्रदान गर्ने, फलफूल बाँड्ने र लड्डु बाँडेर बस्यालले आफ्नो जन्मदिन मनाए । उनीमात्र यहाँका नौलापात्र थिएनन्, नारायण युवा क्लबका सचिव प्रविणराज शाक्य पनि जन्मदिन मनाउन सिबिआरको विद्यालयमा आएका थिए । उनले पनि त्यसै गरि आफ्नो जन्मदिन मनाएर फर्किए । तानसेनमा जेसिसको पहलमा सिबिआरमा विद्यालय सञ्चालनमा आएको छ । गत वर्ष २०७५ देखी सञ्चालनमा आएको विद्यालयमा अहिले १० जना विद्यार्थी अध्ययनरत छन् । तर विद्यालय जन्मदिन मनाउनेहरुको सदासयतामा सञ्चालन हुँदै आएको छ ।
विद्यालयको व्यवस्थापन गरिरहेका कृष्ण गहतराज भन्छन्, मस्तीष्क पक्षघात भएका विद्यार्थीहरुको पढाई हुने फरक किसिमको विद्यालय आफुहरुले सञ्चालनमा ल्याएको बताए । वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले अपाङ्गता भएका बालबालिकाहरुका लागि दश हजारको अक्षयकोष स्थापना गरी जन्मोउत्सव मनाएका हुन् । बस्यालले विद्यालयमा रहेका दश जना अपाङ्ग बालबालिकाहरुलाई फलफूल समेत वितरण गरेका थिए । वगनाशकाली अध्यक्ष बस्यालले कुनै पनि बालबालिका अपाङ्गता भएकै कारण शिक्षाबाट बञ्चित हुनु दुखद भएको बताए । उनी भन्छन्, ‘शिक्षाको पहुँचमा नभएका बालबालिका भएमा स्थानीय सरकार विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्नुपर्छ ।’ समाजमा देखा परेका विकिृतिहरुलाई निरुत्साहित गर्नका लागि आफुले नयाँ र रचनात्मक कामको थालनी गरेको अध्यक्ष बस्यालले बताए । जन्मोत्सवमा हर्सोउल्लास गरी मनाइने भए पनि समाजमा केही न केही रचनात्मक काम गरेर मनाउनुपर्छ भन्ने अवधारणा अनुसार अगाडी बढेको बताए । सोही अवसरमा नारायण युवा क्लव तानसेनका सचिव प्रविन राज शाक्यले पनि आफ्नो जन्मोत्सवका अवसरमा विद्यालयमा पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयका अध्यक्ष राजनेन्द्र मुनी शाक्यले सबैको सहयमेग र साथ मिलेमा अपाङ्गता भएका बालबालिकाहरुलाई प्रभावकारी ढङ्गगले व्यवस्थापन गर्र्दै जाने बताए ।

Check Also

खुले त्रिवि अन्तर्गतका क्याम्पसहरु

काठमाडौं , साउन ७ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वीकृती प्राप्त क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । …

error: Content is protected !!