जीवराज चालिसे
बुटवल, साउन ४

तिनाउ तटका सुकुम्बासी बस्तीहरुमा धर्म परिवर्तनको ‘लहर’ नै चलेको छ। २०३८ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि नयाँ बस्तीका रुपमा रहेका  बुद्धनगर र मजुवाको ठूलो भूभाग मिलेर बनेको बुटवल-११ मा मात्रै हालसम्म २० वटा चर्च बनिसकेका छन्।  उक्त वडाका ६० हजार जनसंख्यामध्ये २४ हजार ५०० दलितको बसोबास छ। चर्चको अभिलेख र स्थलगत अध्ययनअनुसार हालसम्म ७० प्रतिशत दलितहरुले जातीय उत्पीडन र गरिबीबाट जोगिने आशमा धर्मपरिवर्तन गरिसकेका छन्।

बुटवल वडा नं ११ मजुवाको टोल नं. २ मा फूलकुमारी परियार (नाम परिवर्तन) बस्छिन्। उनी पाल्पा दोभानबाट पतिको साथ लागेर २०७० सालमा बुद्धनगरमा जग्गा किनी बसाइँसराइ गरेकी हुन्। उनी धर्मकर्ममा खुबै विश्वास गर्थिन्। ‘बिहानै उठेर पूजा गर्न मन्दिर जान्थें। कहिलेकाहीँ मन्दिर  जान नपाउँदा केही बिर्सेजस्तो लाग्थ्यो,’ उनी सुनाउँछिन्। तर,उनले सधैँ मन्दिर जान पाइनन्। २०७२ साउनको दोस्रो सोमबार  टोल भन्दा माथिको मन्दिरमा पूजा गर्न गएकी थिइन्। पूजा गर्दैगर्दा टोलकै चिनेजानेकी दिदीको पूजाथाली छोइदिँदा उनलाई मन्दिरबाट निकालियो। त्यसदिनदेखि उनी मन्दिर जान छोडिन्। ‘ती आइमाईले गाली गरिन्। उनीसँग आएका तीनजना मिलेर मेरो थाली बाहिर राखिदिए। अनि मलाई निस्कन भनेँ’, उनी सुनाउँछनि्, ‘मैले घरमा आएर उनलाई (पतिलाई) पनि त्यो कुरा भनेँ। उनले पनि मन्दिर जानुभन्दा घरमै महिरोे बनाएर पूजा गर् भने।’ केही समयपछि फूलकुमारी चर्चमा देखिन थालिन्। ३ नम्बर टोलमा रहेको आशीष चर्चमा प्रत्येक शनिबार प्रार्थना गर्न जान्छिन् उनि। तल्लो जात भनेर मन्दिरबाट निकालिएकी फूलकुमारीले पनि २०७३ फागुन १४ गते बस्तीस्मा लिएर इशाई बनिन्। ‘मन्दिरबाट निकालिदिए त्यसैले चर्च छिरें। अहिले चर्चबाट निकालिन्छु भन्‍ने डर छैन’, उनले सुनाइन्, ‘हरेक शनिबार चर्च जान्छु। सबैसँग मिलेर प्रार्थना गर्छु।’

बुटवलको मजुवा टोल नं ३ मा रहेको आषिश चर्चमा सामूहिकरुपमा प्रार्थना गर्दै ईशाई अनुयायीहरु फूलकुमारीकै टोलमा बस्ने रमा सुनारको समस्या पनि जटिल थियो। २०६३ माग र २०६५ असारमा दुईपटकसम्म गर्भ तुहियो। त्यसपछि जन्मिएकी छोरीलाई दुई वर्षमै झाडा पखालाले लग्यो। ‘भगवान्ले नै नदिएपछि छोराछोरी हुँदैनन् भन्ने सोचेँ। पिरलो परिरहन्थ्यो,’ उनी भन्छिन्। उनीकहाँ एक दिन टोल नम्बर ३ को आशीष चर्चका केही मानिस आएर ‘पुराना भगवानले सन्तान दिन सक्दैनन्, नयाँ भगवानको प्रार्थना गर’ भनेर चर्च लगे। २०६५ चैतमा बत्तिस्मा लिँदै उनले भगवान फेरिन्। अहिले टोलका ६० घरधुरीका दलित परिवारले  धर्म परिवर्तन गरी इशाई धर्म मान्न थालेका छन्। त्यस्तै कथा छ, लालबहादुर नेपालीको। उनकी श्रीमती रुपकला नेपालीलाई नचिनेको घाँटीको रोगले मर्नु र बाँच्नु बनाएछि उनी अस्पताल धाए। अस्पतालले उपचार गर्न ठूलो खर्च लाग्ने भयो। उनले उपचारै नगरी बस्ने निर्णय गरे। एकदिन टोलभन्दा केही तलको सृष्टि ज्योति चर्चकी सुमित्रा परियार घरमै आइन्। उनले चर्च गएपछि रोग निको हुने भनेर चर्चमा लगिन्। रुपकला नेपालीले प्रत्येक हप्ता चर्चमा प्रार्थना गर्न थालिन्। यी दम्पतीका अनुसार प्रार्थनाले उनको घाँटीको रोग निको भयो। त्यसपछि लालबहादुर दम्पती चर्च जान थाले। उनीहरुले २०६३ सालमा बत्तिस्मा लिए। उनीहरु हाल बुद्धनगरकै सृष्टि ज्योति चर्चमा प्रार्थना गर्न जान्छन्। लालबहादुरको जोडीलाई इशाई बनाउने सुमित्रा परियार आफैँ पहिले हिन्दू थिइन्। ज्योति चर्च बुटवलबाट उनी ईशाई धर्ममा लागिन्। सुकुम्बासी बस्तीमा व्याप्त जातीय विभेद र ‘साँझ के खाऊँ,बिहान के खाऊँ’को गरिबीले सुकुम्बासीका यी पात्र जस्ता बहुसंख्यक दलित समुदायकाहरु धर्म परिवर्तन गरिरहेका छन्। समाजशास्त्रीका अनुसार बुटवलका सुकुम्बासीमा विद्यमान गरिबी र जातीय विभेदलाई ‘क्यास’ गर्न इशाई धर्मप्रचारकले गरिब र दलितलाई लक्षित गरेर धर्मपरिवर्तन अभियान चलाएका छन्। 

बुटवलको मजुवा टोल नं ३ मा रहेको आषिश चर्चमा सामूहिकरुपमा प्रार्थना गर्दै ईशाई अनुयायीहरु अहिले तिनाउ तटका यी सुकुम्बासी वस्तीमा धर्म परिवर्तनको ‘लहर’ नै चलेको छ। बुटवल-११, मा ६० हजार जनसंख्यामध्ये २४ हजार ५०० दलित छन्। एउटा गरेको अध्ययन अनुसार ७० प्रतिशत दलितले जातीय उत्पीडन र गरिबीबाट बच्न धर्म परिवर्तन गरिसकेका छन्। २०३६ सालको बाढीले खेतियोग्य जमिन बगरमा बनाएपछि नयाँ बस्तीका  बुद्धनगर र मजुवाको ठूलो भूभाग मिलेर बनेको बुटवल वडा नं ११ मा मात्रै २० वटा चर्च बनिसकेका छन्। 

धर्म परिवर्तन : स्वेच्छा होइन ! १) मजुवाको ३ नम्बर टोलस्थित आशीष चर्च कोरियाबाट आएको धर्मप्रचारक समूहले बनाएको हो। ‘कोरियाबाट घुम्न आएकी  एक एक महिलाले बनाइदिएर गएकी हुन्। हामीलाई उनको नाम थाहा छैन’, आशीष चर्च अगाडि हामीसँग कुरा गर्दै चर्चका पास्टर युवराज विक भन्छन्,‘पैसा दिएका होइनन्। निर्माण सामग्री नै ल्याएका थिए।’

२) बुटवलको सुकुम्बासी बस्तीमा इसाई धर्म प्रचार गर्दै हिँडेको अभियोगमा गत कार्तिक १८ गते प्रहरीले दुई जापानी नागरिक ४९ वर्षीय यासुको ओवा र ४५ वर्षीय मारी इकुरा, बुटवल–९, सुख्खानगर बस्ने ३५ वर्षीया तीर्थमाया घले र रुपन्देही तिलोत्तमा नगरपालीका नयाँ मिल बस्ने २५ बर्षीया पुष्पा घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जापानी महिलालाई गृहसचिव प्रेमकुमार राईको निर्णयबाट ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई कार्तिक २९ गते निष्काशन गरियो।

३) आशीष चर्चले आफ्नै अगाडिको सूर्योदय आधारभूत विद्यालयमा ७ लाख रुपैयाँ लगानी गरेको छ। आफैंले स्थापना गरेको उक्त विद्यालयमा ‘पढाउन’ भन्दै चर्चका पास्टर युवराज विकले चर्चका सचिव कुमार विकलगायतका २ जना शिक्षक उपलब्ध गराएका थिए। विद्यार्थीले शिक्षकहरुले आफूलाई इशाई धर्म पढाउने र कक्षामै प्रार्थनागर्न लगाउने बताइरहेका छन्। अहिले दुवै शिक्षकले विद्यालय छाडिसकेका छन्। आषिश चर्चका पाष्टर युवराज विक

४) धर्म प्रचारकले धर्मपरिवर्तन गराउँदै हिँडेको भन्दै हिन्दू जागरण नेपाल रूपन्देहीले बुटवल-१२ लाई गत चैत १० गते धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा ग¥यो। विदेशी तथा स्वदेशी धर्म प्रचारकहरुले  प्रलोभनमा पारेर, झुक्याएर, लोभ लालच देखाएर वा जबर्जस्ती धर्म परिवर्तन गराएको भन्दै वडालाई धर्म परिवर्तनमुक्त क्षेत्र घोषणा गरिएको हो।यी घटनाहरुले बुटवल क्षेत्रमा धर्म प्रचारकहरुको उपस्थित कति बलियो छ भन्ने बताउँछन्। धर्म निरपेक्षताको आडमा उनिहरुले वस्तीकामा व्याप्त स्वास्थ्य, गरिबी, जातीय विभेदजस्ता समस्याहरुबाट मुक्ति दिने भन्दै ठूला लगानीमा धर्मप्रचारकहरुले धर्म परिवर्तन गराएको बस्तीका अगुवाहरु नै बताउँछन्। ‘हामीले यहाँ वस्ती वसाल्ने बेलामा इशाई धर्ममान्ने मान्छे थिएनन्। चर्चहरु त बनेकै थिएनन्। त्यसपछि सुकुम्बासी क्षेत्रमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको प्रवेश भयो। उनीहरुले मुख्यतः गरिबी र स्वास्थ्यका क्षेत्रमा काम गर्थे’, मजुवाका एक अगुवा बताउँछन्, ‘समाजको मुख्य समस्या पनि त्यहीँ थियो। कति टोलमा त राहतका सामग्रीसँगै बाइबल पनि दिइन्थ्यो। बाइबलभित्र पैसाका खाम भेटिन्थे। यी त हामीले देखेकै कुराहरु हुन्।’ 

सुकुम्बासी क्षेत्रका स्थानीयहरुका लागि हातमा इशाई धर्मसम्बन्धी पर्चा र बाइबल लिएर धर्मप्रचार गर्दै हिँडेको देख्नु नौलो कुरा होइन। बुद्धनगरस्थित सहिद स्मृति आधारभूत विद्यालयका प्राधानाध्यापक प्रकाश गौतमले दैनिक जसो धर्म प्रचारका लागि हिँड्नेहरू देख्ने गरेको बताए। ‘पहिले पहिले हाम्रो स्कुलमासमेत दिनहुँ आउँथे। आजकल हामीले कडाई गरेका छौं’, उनले भने,  ‘केही वेलफेयर (कल्याण) का काम रहेछन् भने हाम्रै निगरानीमा मात्र गर्न दिने गरेका छौँ।’  त्यसो त विद्यार्थीमध्ये दलितको संख्या धेरै रहेको उक्त विद्यालयमा २५ प्रतिशत दलित विद्यार्थीहरु इशाई धर्म मान्ने रहेको उनी बताउँछन्। जातीय विभेदलाई ‘क्यास’ गर्छन् त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्रध्यापक मधुसुदन सुवेदीले धर्मपरिर्तनको मुख्यकारण हिन्दू परम्परामा भएको जातीय व्यवस्था, गरिबी र प्रलोभनलाई देख्छन्।

‘दलितहरुले सदिऔँदेखि हिन्दू धर्म मान्दै आए। तर के पाए ? विभेद र तल्लो स्तरको दर्जा,’ उनी प्रश्न गर्दै आफैं उत्तर दिन्छन्,‘तर इशाई धर्ममा त्यो वर्गीकरण छैन। त्यसैले स्वतः केही दलितहरु धर्मपरिर्वतको बाध्यकारी स्थितिमा छन्।’ बुटवल वडा नम्बर ११ मा जे भइरहेको छ, त्यो सामान्य हो त ? ‘होइन।’ समाजशास्त्री सुवेदी भन्छन्,‘तर, त्यो परिवर्तनको चेत कहाँ बाट आइरेहको छ त भन्ने कुरा ले सामान्य वा असामान्य भन्ने बताउँछ। आफैं धर्म परिवर्तन गरिरहेका छन् कि कसैले उनिहरुलाई डोहोर्याइरहेको छ ? यो प्रश्न महत्वपूर्ण हो।’ धर्मप्रचार गर्दै गर्दा पक्राउ जापानी महिला यासुको ओवा र मारी इकुरा। सातमादुई नेपाली  तीर्थमाया घले र पुष्पा घिमिरे।उनीहरुबाट बरामद पर्चा सामग्री सुवेदीका अनुसार गरिबी र जातीय विभेदबाट सुकुम्बासी बस्तीका दलितहरुले भोगिरहेको सामाजिक समस्यालाई ‘क्यास’ गर्न धर्मप्रचारक लागि परेका छन्। ‘धनी र उच्च जातका भनिएका मानिस विरलैमात्र धर्म परिवर्तन गर्छन्। धर्म परिवर्तनको चेतना उनैको घरघरमा पुगिरहेको जसले यो समाजमा आफ्नो अस्तित्व खोजिरहेका छन्,’ सुवेदी भन्छन्। समाजशास्त्री सुवेदीका अनुसार बहुदलपछि (विषेश गरी २०५१ साल पछाडि)नेपालमा समाजकल्यााणका कार्यक्रम लिएर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आएपछि धर्मपरिवर्तनको दर बढेको हो। ‘केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु समाज कल्याणका कार्यक्रमहरुमात्र लिएर आएका थिएनन् साथमा ‘बाइबल’ पनि लिएर आएका थिए।’ सुवेदी भन्छन्,‘आइएनजिओले ल्याएका कार्यक्रममले उनिहरुलाई प्रत्यक्षरुपमा चपेटामा परेका समुदायसँगको पहुँच बढायो। त्यसपछि त्यस्ता समुदायका मानिसहरुमा धर्म परिवर्तनको चेत भर्ने काम गरे।’ यद्यपि समाजशास्त्र विषयका प्रध्यापक सुवेदीलाई धर्मपरिवर्तनको ‘लहर’ खासै ठूलो समस्या होइन जस्तो लाग्छ। ‘धर्मपरिवर्तनको कुरालाई अतिवादीहरुले जुन रुपमा  व्याख्या गर्ने गरेका छन्, त्यो अतिरञ्जीत हो। प्रलोभनमा पारेर वा जबर्जस्ती कसैलाई धर्म परिवर्तन गराइएको छ भने त्यो चाहिँ गलत हो। यसको कानुनी उपचार पनि छ।’ उनी भन्छन्,‘तर, धर्म परिवर्तनकै कारणले सर्वस्व गुम्यो भन्ने जुन व्याख्या छ, त्यसो होइन।’ धर्म निरपेक्षताको संक्रमणकालमा धेरै धर्मान्तरण विश्वको एकमात्र हिन्दूराज्यको रुपमा रहेको नेपाल १० वर्षे गृहयुद्ध र राजतन्त्रको समाप्तिपछि २०६३ माघ १ गते धर्मनिरपेक्ष राज्य बन्यो। त्यसपछि २०७२को संविधानले त्यो कुरालाई निरन्तरता दिएको छ।

२०६३ सालपश्चात् नेपाल धर्मनिरपेक्षता गलत व्याख्या गर्दै संक्रमणकालमा बाहिरबाट आएका धर्महरुले सञ्जाल विस्तार गरेको सुवेदीको ठम्यायी छ।  संक्रमणकालको बेलामा  बुटवलका सुकुम्बासी वस्तीमा धेरै धर्मान्तरण भएको तथ्यांकले नै देखाउँछ। बुटवल–११, का चर्चहरुका अभिलेखमा हेर्दा धर्मान्तरण गर्ने कुल दलितहरुमध्ये २०६३ देखि २०७० सालसम्म धर्मान्तरणको दर ७५ प्रतिशत रहेको छ। यसरी बसेको थियो सुकुम्बासी वस्ती २०५९ सालमा छाडा गाईवस्तुको व्यवस्थापन गर्न बुटवल नगरपालिकाका तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले तिनाउ नदीको पश्चिमी तटमा रहेको ठूलो भूभागमा टहरा बनाउने निर्णय गरे। मेयर श्रेष्ठले २०३८ सालमा आएको विनाशकारी बाढीले खेतियोग्य जमिनलाई बगरमा परिणत गरेपछि उक्त भूभाग गाईवस्तु व्यवस्थापन गर्न योग्य ठहर गरेका थिए। यो निर्णय सुन्नासाथ साविकको बुटवल–९(हाल बुटवल–७) मा प्रजातान्त्रिक नेता दीपक बोहोराले बसाएको र उनकै नामबाट नामाकरण गरिएको बस्ती दीपनगरका ईश्वरी श्रेष्ठ, कुन्दन गुरुङ र राजु थापालगायतका अगुवाहरुलाई नयाँ ‘आइडिया’ आयो। ‘पशुभन्दा मानिस नै गएर बसौँ न’ भन्ने मनसायले ती अगुवाहरुसहित दीपनगरकै ५० जनाको समूहले टहरा बनाउने भनिएको उक्त स्थानमा २०५९ साल माघ २७ गते २० विगाहा जमिन ओगटेर नयाँ बस्ती बसाए। अहिले यो बस्ती बुटवल वडा नं ११ को सबैभन्दा ठूलो सुकुम्बासी वस्तीको रुपमा परिचित छ।

हाल बुद्धनगर, सिर्जनाटोल र तिलोत्तमानगरमिलेर बनेको यो बस्तीमा अहिले ४५ सय घरधुरीहरु रहेका छन्। यो टोलहरुमा ७५ प्रतिशत दलितहरु बस्छन्।यो बस्तीभन्दा निकै पुरानो अर्को सुकुम्वासी बस्ती हो–मजुवा। बुद्धनगरको उत्तरमा रहेको यो भूभागमा २०१५/१६ सालदेखि नै बस्ती बसिसकेको थियो। २०२७ र २०३८ सालमा तिनाउमा आएको बाढीले डुवानमा पारेपछि लालपुर्जा भएको खेतीयोग्य जमिनलाई बगरमा परिणत गर्यो। २०३८ साल असोज १३ गते तिनाउबाट अलग्एिर दानव नदी बनेपछि यी दुई नदिको बिचमा मजुवाको ‘टापु’ बन्यो। बुटवल-११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार हाल यी दुई वस्तीमा ८ हजार घरधुरी रहेका छन्।    थाहा खबर डटकमबाट साभार