निरा गौतम
रुपन्देही, २५ असार

लुम्बिनी भ्रमण वर्षको अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको नेपाल–भारतका पर्यटन पत्रकारहरुको दुइ दिने भेला आज सम्पन्न भएको छ ।
भैरहवामा आयोजना गरिएको नेपाल भारतको अन्र्तसम्बन्ध र पर्यटन प्रवद्र्धन विषयक भेलामा सहभागी दुबै देशका पत्रकारहरुले पर्यटन प्रवद्र्धनका लागि निरन्तर कलम चलाउने प्रतिवद्धता जनाए । दुबै देशका पत्रकारहरुले पर्यटकहरुलाई दुबै देशमा सहज ढंगले भ्रमण गर्ने व्यवस्था मिलाउन र दुबै देशका नागरिकका निजी तथा सार्वजनिक सवारी साधनलाई दुबै देशमा सहज ढंगले आवत जावत गर्ने व्यवस्था गर्न दुबै देशका सरकारलाई आग्रह गर्दै नियमित कलम चलाउने प्रतिबद्धता गरे ।


बुद्ध जन्मस्थल पावन भूमि नेपालको लुम्बिनी, बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञानप्राप्तपछि पहिलो पटक धर्मदेसना गरेको स्थान सारनाथ र बुद्धले महापरिनिर्वाण गरेको कुशीनगरलाई समेटेर बुद्धिष्ट सर्किट निर्माण गर्न दुबै देशका सरकारले गरेको प्रतिबद्धता तत्काल कार्यान्वयनमा लैजान माग गर्दै दुबै देशका पत्रकारहरुले मिडियामार्फत पैरवी गर्ने जनाए ।
नेपालको हिमालदेखि भारतको समुन्द्र जोड्ने सिधा र सहज मार्ग निर्माण गरि पर्यटन प्रवद्र्धन गर्न दुबै देशका सरकारको ध्यानाकर्षण गराउँदै मिडियाको माध्यमवाट प्रतिवद्ता ब्यक्त गरे ।
उनिहरुले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतका पर्यटकीय सहरसम्म सिधा हवाई सेवा जोड्न तथा नौतनवा रेल वे स्टेशन देखि बोधगया, लखनउ, दिल्लीलगायतका सहरहरुसंग सिधा रेल सम्पर्कको वातारण बनाउन मिडियाका माध्यमबाट दबाब सिर्जना गर्ने बताए । पत्रकारहरुले दुबै देशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।
दुबै देशका पत्रकारहरुले आआफ्ना मिडियाका माध्यमबाट आपसी सद्भाव र भाइचारा कायम गर्ने जनाउदै दुबै मुलुकले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम, भ्रमण वर्ष वा अन्य कार्यक्रमहरु गर्दा दुबै देशका मिडिया र मिडियाकर्मीलाई सहभागी गराउन दुबै देशका सरकारलाई आग्रह गरे ।
नेपाल भारतका पत्रकारहरुको साझा प्रतिवद्धता सुनाउदै पत्रकार महासंघ रुपन्देहीका पुर्ब अध्यक्ष डि आर घिमिरेले नेपालको प्रदेश नं. ५ र भारतको उत्तर प्रदेशमा क्रियाशिल पत्रकारहरुका बीचमा निरन्तर समन्वयका लागि यथाशीघ्र साझा संस्था निर्माण गर्ने र नेपाल–भारत दुबै देशको पर्यटन प्रवद्र्धनका लागि दुबै देशका मिडियाले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको बताउनुभयो । मन्त्री गिरीले मुलुकको सम्बृद्धी पर्यटनबाट मात्रै सम्भव भएकाले नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका निर्बाह गर्न दुबै देशका पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।
लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भ्रमण अािर्थक पाटोसंगमात्र जोडिएको नभइ संस्कृती आदानप्रदानका लागि महत्वपुर्ण हुने बताउनुभयो । बुद्धशिक्षालाई आत्मसाथ गर्न सके सम्बृद्धी सहजै हासिल गर्न सकिनेमा भिक्षु मेत्तेयको जोड थियो ।
सिद्धार्थनगरका नगर प्रमुख हरीप्रसाद अधिकारी, नेपाल भ्रमण वर्ष प्रचार समितीका प्रदेश संयोजक माधब नेपाल, पूर्व बिधायक बिनोद पहाडी, भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, संस्कृतीविद् डा. गितु गिरी , भ्रमण वर्ष प्रचार प्रसार समितिका संयोजक भरत केसी लगायतले सबैको साथ र सहकार्यमा भ्रमण वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय पत्रकारहरुले नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताए । पत्रकार राजनारायण मिश्रले नेपाल महामानव गौतम बुद्धको जन्म स्थान भएकाले विश्वका करौडौ बौद्धमार्गीहरु नेपाल आउन लालायीत भएको बताउनुभयो । “ नेपाल प्रकृतिक हिसाबले पनि अत्यन्तै सुन्दर देश हो । स्वर्ग खोज्न कही जानु पर्दैन नेपाल आए हुन्छ । ” उहाँले भन्नुभयो ।
हिन्दुस्तान टाइम्सका पत्रकार राजेश सींहले नेपाल र भारतबिच सदीयौ देखी सुमधुर सम्बन्ध रहदै आएकाले दुबै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने बताउनुभयो ।
पत्रकारहरुलाई लुम्बिनीमा स्वागत
नेपाल भारतको अन्र्तसम्बन्ध र पर्यटन प्रवद्र्धन विषयक भेलामा सहभागी हुन आएका पत्रकारहरुलाई लुम्बिनीमा स्वागत गरीएको छ । लुम्बिनीका पर्यटन व्यवसायीहरु र लुम्बिनी विकास कोषले उनिहरुलाई स्वागत गरेका हुन ।
नेपाल भारतका पत्रकारहरुललाई लुम्बिनीमा स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिब सरोज भट्टराईले लुम्बिनीको प्रचार प्रसारमा मिडियाको प्रमुख भुमिका रहेको बताउनुभयो । उहाँले लुम्बिनीमा भइरहेका गतिबिधिबारे पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा विकास कोषका सुचना अधिकृत हरी राईले लुम्बिनीको महत्व र बुद्ध सर्किटका लुुम्बिनी, कपिलबस्तुको तिलौराकोट, कुदान, गोटीहवा,निग्लिहवा, अरौराकोट, सगरहवा, सीसहनीया र नवलपरासीको रामग्राम लगायतका क्षेत्रहरुबारे जानकारी गराउनुभयो । दुई दिने भेलापछि दुबै देशका पत्रकारहरुको टोलीले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन गरेका थिए । भेलामा नेपाल र भारतका ६० जना पत्रकारहरु र पर्यटन व्यवसायीहरुको सहभागीता रहेको थियो ।
–––