काठमाडौं । ओखलढुंगामा आज बिहान यात्रु बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी सहायक निरीक्षक भोजनारायण श्रेष्ठले जानकारी गराएअनुसार घाइतेको उदयपुरको घुर्मिस्थित अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारको लागि एम्बुलेन्सबाट काठमाडौंतर्फ पठाइएको छ । घटना आज बिहान करिब ३ः३० बजेको हो । 

उनका अनुसार पानी परिरहेको अवस्थामा घुमाउरो बाटोमा बस चिप्लिएर २० मिटर तल खसेको  थियो । बस काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको जनाइएको छ । मे १ ख १८९१ नम्बरको सो बस सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ मा  दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन् ।