असार २५, २०७६

काठमाडौं – भोजपुर सदरमुकाममा बुधवार बिहान प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक प्रहरी र एक विप्लवका कार्यकर्ता रहेको नेपाल प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।थापाका अनुसार प्रहरी जवान सञ्जीव राई र विप्लवका कार्यकर्ता निरकुमार राई छन् ।

भोजपुर सदरमुकामस्थित हाट बजारमा गोली हानाहान भएको थियो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।