—ओम प्रकाश पाण्डे
वैदिक सनातन धर्म जसलाई हिन्दू धर्म पनि भनिन्छ यसको इतिहास सबै धर्महरु भन्दा धेरै पुरानो छ । पृथ्वीको उत्पत्तिसगै सनातन धर्मको इतिहास जोडिएको पाइन्छ । मानव सभ्यताको उत्पत्तिको अध्ययन गर्दा सुरुवात पनि नेपालको हिमाली भेगबाट भएको देखिन्छ । पाल्पा जिल्ला तिनाउ गा पा वडा न. ३ मा भेटिएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्ष भन्दा अगाडि देखि नेपालमा मानवको तत्थ्थ स्पष्ट हुन्छ ।
नेपाललाई सत्य युगमा सत्यवति ,त्रेता युगमा तपोवन, द्धापर युगमा मुक्तिसोपान र कलियुगमा नेपाल भनेर नामाकरण गरिएको कुरा बिभिन्न पौराणिक धर्मग्रथहरुमा उल्लेखित छ । यसका अतिरिक्त बिभिन्न राजाहरुको वशं उत्पत्ति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको बिषयमा कुराहरु आएको पाइन्छ । हाल विश्वमा १ खर्व ५ अर्व मानिसहरुले वैदिक सनातन धर्म मान्दै आएका छन ा जसमध्ये ९४ प्रतिशत दक्षिण एसियामा मात्रै छन ।
हिन्दू धर्मको प्रमुख देवताहरु मध्ये एक हुन भगवान शिव । भगवानको तीन रुप मध्ये शिवलाई संहार कर्ताका रुपमा हेरिन्छ । वेदमा शिवको नाम रुद्र लेखिएको छ । शिवको नामको “”ि लाइ हटाउदा शव शब्द बन्छ तसर्थ शिवलाई प्राण भनेर चिनिन्छ । त्यसैले शिवले छोडेमा संसारमा देह अथवा शव मात्र रहन्छ । शरिरमा ब्रह्माको स्थान शिरमा , बिष्णुको स्थान हृदयमा (मध्ये भागमा) र शिवको(महेश्वर) स्थान कम्मर भन्दा तलको भागमा छ । तसर्थ शिवलाई लिगंको रुपमा पुजा गरिन्छ । लिगं भनेको संस्कृत भाषामा प्रतिक हो । त्यसैले शिवलिगंलाई शिवको प्रतिक मानेर पुजा गरिन्छ । सृष्टिको उत्पात स्थिती एवम् संहारको अधिपति भगवान शिवलाई मानिएका कारण देवो का देव महादेव , कालो का काल महाकाल र ईश्वरका पनि ईश्वर महेश्वर भनिन्छ ।
बिष्णुको स्थान शरिरको मध्यम भागमा (हृदय) रहेको हुनाले पृथ्वीलोकमा भगवान बिष्णुको अवतार धारण गरि भगवान रामले राज्य चलाउनु भएको देश हो नेपाल । तसर्थ नेपालको पौराणिक काल देखिनै नेपालमा राज्य संचालन गर्नु भएका बिभिन्न वशंीय राजाहरुलाई भगवान बिष्णुको अवतारका रुपमा लिईदै आईएको छ । त्यसैले नेपालमा राजसंस्था धार्मिक एवम् सांस्कृतिक रुपले पनि अपरिहार्य छ । नेपाल हिन्दुधर्मवालम्वीहरु र धर्म सम्बन्धी अध्ययन गर्नेहरुका लागि विश्वको एक मात्र पवित्र स्थल हो ।
नेपालमा राजनितिक षड्यन्त्र गरि विश्वको एक मात्र हिन्दु राष्ट र हिन्दुहरुका सम्राट, भगवान विष्णुका अवताररुपी राजालाई हटाई नेपाललाई धर्म निरपेक्क्ष राष्ट घोषणा गरियो । जसको परिणाम देशमा बिदेशबाट आयतित धर्म भित्राईदा देशमा वैदेशिक हस्तक्षेप ,सामाजिक विकृती र सांस्कृतिक मूल्य र मान्यताहरुमा बिचलन बढ्दो छ । यसका रोकथामका निमित्त शिव सेना नेपालले वैदिक सनातन धर्म ,अखण्ड नेपाल र राजसंस्था नेपाल र नेपालीहरुका लागि अर्परिहार्य छ भनि देशभरी नै अभियान संचालन गरेको छ । जसरी सुर्यको प्रकाशले पृथ्वीका हरेक प्राणीहरुलाई बराबर प्रकाश दिईरहेको छ त्यसरी नै वैदिक सनातन धर्मले पनि सम्पुर्ण प्राणीहरुलाई बराबर मुल्य र मान्यता दिएको तर हिन्दु धर्मको पूर्ण ज्ञान नभएकाहरुले जातजातीमा तल्लो र माथिल्लो भनि मन्दिर प्रवेशमा समेत रोक लगाएको अवस्थामा शिव सेना नेपालले हिन्दुधर्म सबैको साझा धर्म रहेको भनि जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
देशमा बढ्दो धर्म परिवर्तन ,राजनितिक अस्थिरता र नेपाली संस्कृती माथिको प्राहारलाई शिव सेना नेपालले नजिकबाट निहालिरहेको र यसलाई र्निमुल पार्न हिन्दु अधिराज्य सहितको राजसंस्था नै नेपाल र नेपालीहरुका लागी एकमात्र बिकल्प रहेको ठहर गरेको छ । यद्दपि आफुलाई भगवान पशुपतिनाथको सेना बताउदै आएको शिव सेनाले देश र धर्म रक्षाका निम्ती जस्तो सुकै कदम चाल्न पछि हट्ने छैन ।

(टिप्पणीकार शिव सेना नेपाल पाल्पा जिल्ला अध्यक्ष हुनुुहुन्छ ।)