सन्तोष बस्याल
पाल्पा, असार १७
नेपाली लोक संगित क्षेत्रका सम्भावना बोकेका कलाकार हुन कुमार पुन । बिशेष त मौलिक गित संगित सृजना र संकलनमा उनी अग्रस्थानमा छन । उनै लोक प्रिय गायक पुनले फेरी अर्को मौलिक भाका बजारमा पस्केका छन । सिरमा फुल माया नामक सालैजो मार्फत फेरी पुन आफुलाई अब्बल कलाकारका रुपमा नेपाली संगित बजारमा स्थापित बनाई राख्ने दाउमा छन । यसअघि उनले गाएको बामरी बामरी म भोलि गइहाल्छु बसे रामरी बोलको गीतको सर्वा्धिक लोकिप्रय बनेको थियो । सोही पहिचानलाई कायम राख्ने सोचका साथ यस पटक सालैजो गित बजारमा पठाएको बताउछन ।
गीतको लय तथा शब्द कुमार पुनकै रहेको छ भने पुनका अलावा गितमा जमुना राना र कुमारी चेपाङले उनलाई स्वरमा साथ दिएका छन । भिडियोलाई निर्देशन, छायांकन तथा सम्पादन मनोज गुरुङले गरेका छन् । कुशल संगित संयोजक सागर बिरहीले संगित संयोजन गरेको यस गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायतलाई फिचरिंग गरिएको छ ।
सबै उमेरका लोक पारखीहरुका लागी यस सालैजोको स्वाद स्वादिलो लाग्नेमा पुन ढुक्क छन। नेपाली मौलिक संगितका सृजनाकार पुनलाई सफलताको शुभकामना
गीतको भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।