दिपक पोखरेल

पाल्पा असार १५

नेपाल विद्यार्थी संघ पाल्पाले रास्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । तानसेनको प्रवासमा आयोजना गरेको कार्यक्रममा नेपाल बिद्यार्थी संघका ३५ जना विद्यार्थीकाे उपस्थिति रहेकोे थियो ।

रोपाइ पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरिबोल भट्टराईले सैद्धान्तिक शिक्षा सङ्गै ब्यबहारीक शिक्षालाई पनि अगाडी बढाउन सके मात्र देश बिकासमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा नेबिसंघ पाल्पाका सभापति कृष्ण बहादुर आलेले नेपाल जस्तो कृषि प्रदान देशमा कृषिजन्य उत्पादनको आयात भन्दा निर्यात बढनुपर्नेमा त्यसो हुन नसक्नु दु:खद भएको भन्दै कृषि क्रान्ति अवको आवस्यकता रहेकोमा जोड दिनुभयो ।

विद्यार्थीहरूले पढाइसँगसँगै रितिरिवाज तथा संस्कृति बचाउने अभियभानमा अाफुहरू रहेकाे बताएका छन् ।