पाल्पा, असार ७
माथागढी गाउँपालिकालाई आगामी २०७८ चैतभित्र बालमैत्री गाउँपालिका घोषणा गरिने भएको छ । गाउँपालिकामा भएको २ दिने अभिमुखीकरण कार्यक्रमबाट प्रतिवद्धता सहित बालमैत्री स्थानीय शासन व्यवस्था लागु गर्ने बताईएको हो ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सबाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति व्यवस्था गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । उनी भन्छन्, यसले स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँदछ । अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्दै पछौटेपन उन्मुलन समाज वेशका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बाल अधिकार प्रवद्र्धनका लागि विगतमा संवैधानिक, कानूनी एवं संस्थागत व्यवस्थाको थालनी भएको भएतापनि यस अवधारणाले कार्यान्वयनमा मूर्तरुप प्राप्त गर्न बाँकी नै भएको बताए ।