पाल्पा, असार २

पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको आयोजना र वडा कार्यलयको समन्वयमा एक दिने परजिवी नियन्त्रण तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी एवं पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाका वडा अध्यक्ष निर बहादुर सारुले यस्तो किसिमको शिविरले पशुहरुमा रहेको रोगको पहिचान गरि उपचार गर्नाले पशु ब्यवसायवाट राम्रो आम्दानी लिन सकीने बताउनु भयो। यस सिविरमा ४५ जना पुरुष र ८८ जना महिला को भैसी १४७ वटा, गाई ११८ वटा, बाख्रा १२८० वटा, वंगुर ११२ वटा, कुखरा १३२७ वटा, र हास १५ वटा शेवा लिएका थिए। कार्यक्रम मा जुका माटे, जुम्रा, किर्ना, उपैया, लुटो, खुईरो, छेरौटे, झोक्याउने, अपच बिरुद्व औषधी र बिषदीहरु निसुल्क रुपमा बितरण गरेको थियो। साथै ३, ३ महिनामा आन्तरीक परजिवी बिरुद्व उपचार गराउनु पर्ने प्राबिधिक सल्लाह सुझाबहरु समेत दिनुभएको थियो। कार्यक्रम पुवखोला गाउँपालिका पशु स्वस्थ्य शाखा का प्रमुख मिन बहादुर केसीको स्वागत मनतब्य , भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा पशु पा्रबिधिक दान बहादुर कवरको अध्यक्षतामा र हुम बहादुर झेडीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।