पाल्पा, असार २

पाल्पामा आले डेन्टल क्लिनिक बुटवलको शाखा विस्तार भएको छ । क्लिनिकको आइतबार एक कार्यक्रमको बीच सेवा शुभारम्भ भएको हो ।

शुभारम्भ कार्यक्रमको उद्घाटन नेपाल सरकार वीर अस्पतालका दात, नाक, मुख तथा घाटी विभाग प्रमुख वरिष्ठ डा.प्रकाश बुढाथोकीले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै डा.बुढाथोकीले पाल्पामा पनि नयाँ व्यवस्थापन तथा प्रविधिको प्रयोग गरी बिरामीलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएकोमा खुशी व्यक्त गरे । उनले ‘पाल्पालीको लागि यो गौरवको कुरा हो । अब आगामी दिनहरुमा आँखा, घाटी, दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरुलाई अन्य ठाउँमा जान नपर्ने र यो पाल्पालीको लागि राम्रो अवसर हो । त्यसैले पाल्पाका जनताले भरिपुर मात्रामा सेवा लिन सक्ने बताए ।’

त्यसैगरि आले डेन्टल क्लिनिक पाल्पाका प्रवन्धक निर्देशक मनोजकुमार आलेले पाल्पा, स्याङ्जा, गुल्मीका दात, कान, मुख, घाटी सम्बन्धी समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले स्थापना गरेको बताए । उनले ‘पहिले–पहिले दाँत, कान, मुख, घाटी सम्बन्धी समस्या भएका बिरामीहरु भैरहवा चितवन तथा काठमाडौं जानुपर्ने थियो । यो समस्या समाधानका लागि पाल्पामा स्थापना गरेको जानकारी दिए ।’ क्लिनिकमा अत्याधुनिक प्रविधि विशेषज्ञ डाक्टर, वीर अस्पतालका, लुम्बिनी मेडिकलका तथा मेडिकलका डाक्टरहरुद्वारा उपचार हुने प्रवन्धक निर्देशक आलेले बताए ।