दार्चुला । नौगाड गाउँपालिका ४ दार्चुला सिप्टीको गणेश विनायक माविको शौचालयको छत भत्किँदा ४ बालबालीकाकोे मृत्यु भएको छ ।

आज साँझ विद्यालय बन्द रहेको समयमा खेलिरहेका सोहि विद्यलय कक्षा ४ मा अध्ययनरत बर्ष ८ की निरुता ठगुन्ना, कक्षा २ मा अध्ययनरत बर्ष ८ की अनिसा धामी, शिशु कक्षामा अध्ययनरत युनिका ठगुन्ना कक्षा १ मा अध्ययनरत सुदिस धामी रहेको जिल्ल प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । वर्षाका कारण उद्धार कार्यमा प्रभाव परेको बताइएको छ ।