एक्सन रिसर्च सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो ।
एक्सन रिसर्च के हो ?
एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्षक�विद्यार्थी दुबै पक्ष लाभान्वीत गरिने क्रियाकलाप एक्सन रिसर्च हो । यो नामैले अर्थ र काम स्वयम् बोलिरहेको छ । मुख्यतः एक्सन रिसर्च सारमा कार्यमूलक विज्ञान नै हो । सयौं विद्वान एवम् शिक्षाविदहरुले एक्सन रिसर्चलाई परिभाषित गर्दै व्याख्या गर्नुभएको छ ।
लरेन्स स्टेनहाउसका अनुसार शिक्षक आफैंमा एक अनुसन्धानकर्ता हो । अनि वास्तविक कक्षाकोठाहरु नै प्रयोगशाला हुन् र ती शिक्षकबाटै निर्देशित हुन्छन्, न कि अनुसन्धानकर्ताहरुबाट । शिक्षक मात्र त्यस्ता व्यक्ति हुन्,जसले विद्यालयलाई बुझेर परिवर्तन गर्न सक्छन् । एक्सन रिसर्च शिक्षकको पेसागत कामसँग प्रत्यक्ष जोडिएको छ । एक्सन रिसर्चलाई निचोडमा बुझ्ने हो भने एउटा शिक्षकले आफ्नो स्कुलमा प्रतिदिन सामना गर्नु परेका समस्याहरु जुन स्वयम् शिक्षकले अनुसन्धानमार्फत् समाधान गर्न सक्ने खालकालाई हल गर्ने विधि हो । निम्न उद्देश्यहरुबाट एक्सन रिसर्चलाई बुझ्न थप मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।एक्सन रिसर्चका उद्देश्यहरुः१. पाठ्यक्रम कार्यान्वयनमा सुधार गर्नु२. कक्षाकोठाका समस्याहरु समाधान गर्नु३. स्थानीय समस्या स्थानीय तहमै समाधान गर्नु४. समस्या समाधान गर्न वैज्ञानिक चिन्तनको विकास गर्नु५. विद्यालय प्रणालीलाई प्रभावकारी बनाउनु६. सिकारुहरुको शैक्षिक उपलब्धिस्तर उकास्नु७. शिक्षण विधि र शैक्षिक सामग्रमा सुधार गर्नु८. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास गर्नुएक्सन रिसर्चका महत्वहरुः१. वैज्ञानिक चिन्तको विकास२. अनुसन्धान, पाठ्यक्रम कार्यान्वयन र विषय क्षेत्र सम्बन्धी समस्या समाधान३. विद्यार्थी अपलब्धीको स्तर वृद्धि४. पाठ्यक्रम विकासमा सहयोग५. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास तथा संरक्षण६. शिक्षण सिकाइ सम्बन्धी त्रुटीमा सुधार७. सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सहयोग८. शिक्षक �विद्यार्थी बीचमा सामाजिक कारणले आएको भिन्नता न्यूनीकरणमा सहयोगएक्सन रिसर्चका विशेषताहरुः१. स्थानीय चासोका समस्याहरुको तत्काल खोजी गर्न सहयोग गर्ने२. यो अनुसन्धान शिक्षकले गर्दछन्३. व्यवहारिक र कार्यमूलक हुन्छ४. विद्यालय एवम् कक्षाकोठामा प्रयोग हुन्छ५. पाठ्यक्रमका समस्याहरुलाई वैज्ञानिक प्रक्रियो समाधान गर्छ६. विकासात्मक ढाँचाको अनुसन्धान परियोजना७. शैक्षिक क्षेत्र सुधार गर्ने विधि८. निष्कर्षहरु तत्काल प्रयोग हुनेएक्सन रिसर्चका प्रकारहरुः१. एक शिक्षकबाट गरिने२. समूहद्वारा गरिने३. विद्यालयतहमा गरिने४. जिल्लास्तरमा गरिने५. राष्ट्रियस्तरमा गरिनेएक्सन रिसर्चको खाकाःयसका मुख्य चार अङ्ग हुन्छन् । (क) प्लान (ख) एक्सन (ग) अब्जर्भेसन (घ) रिफ्लेक्सन ।यी ४ पक्षहरुको चक्र नै कार्यमूलक अनुसन्धान हो । सर्वप्रथम एक्सन रिसर्चको प्रारम्भ योजना निर्माणबाट गरिन्छ र यो योजना निर्माण शैक्षिक समस्यामा आधारित हुन्छ । समस्याको पहिचानपश्चात् सम्भाव्य समाधानका विधि तयार गर्नु योजना निर्माण हो । दोस्रो चरणमा, योजना अनुरुप सम्बन्धित समस्या समाधानको विधिमा एक्सनमा जानु हो । यो महत्वपूर्ण चरण भएकोले यसमा यथार्थपरक र वास्तविकता हुनैपर्छ । तेस्रो चरणमा अब्जर्भेसन पर्दछ । यो पहिले र अहिले के भयो भनेर तुलना गर्ने अनि भिन्नताको विश्लेषण गर्ने, एक्सनको पर्यवेक्षण, परीक्षण अत्यन्त सुक्ष्मढंगले गर्नुपर्छ । चौथो चरणमा रिफ्लेक्सनलाई लिइएको छ । यो नतिजाको असर बुझ्ने वा त्यसको प्रभाव कस्तो रह्यो, फेरि के योजना बनाउनुपर्ला ? भन्ने बारेमा यस चरणमा पत्ता लगाइन्छ । यसरी समस्याको पहिचान, समाधानको उपायहरुको योजना र कार्यान्वयन हुँदै ती योजना अनुसारका विधिहरुको प्रयोगको स्वभाव र अवस्थापश्चात् रिफ्लेक्सन चाहिँ नतिजाको असर तुलना, विश्लेषण, थप सुधारका नयाँ योजना नै एक्सन रिसर्चको मुख्य खाका हो, जुन चक्रिय विधि हो । यसरी एक्सन रिसर्चको उल्लेखित ४ स्टेपहरुपश्चात्प्र तिवेदन तयार गरिन्छ । प्रतिवेदनमा तपसिलका बुँदाहरु उल्लेख गर्नुपर्छ ।एकसन रिसर्च रिपोर्टको नमूना (खाका)१. कार्यमूलक अनुसन्धानको शीर्षकः यस अन्तर्गत शैक्षिक समस्या उल्लेख गरिन्छ, जुन दैनिक फेस गरिएको र समाधान गर्न सकिने हुन्छ ।२. अनुसन्धानकर्ताको विवरणः यसमा अनुसन्धानकर्ताको नामथर, ठेगाना, विद्यालय र अन्य कुरा समावेश गर्न सकिन्छ ।३. परिचयः यस अन्तर्गत निश्चित समस्याको एक्सन रिसर्च गर्नुपरेको विवरणबारेको परिचय उल्लेख गरिन्छ । संक्षिप्तमा उक्त समस्याले पारेको प्रभावसँग जोडिएका तमाम पक्षहरुको उजागर गर्नुपर्ने हुन्छ । समस्या पहिचानसँगै यसको पृष्ठभूमि र समस्याको विस्तृतिकरण बुझिने गरी सरल ढंगमा समस्याको कथन प्रतिवेदनमा उल्लेख गरिन्छ ।४. सम्पादित क्रियाकलापको विवरणः समस्या समाधानको लागि तयार गरिएका अर्थात योजनामा उल्लेखित विधिहरुको क्रमबद्ध विवरण सूची यस प्रतिवेदनको महत्वपूर्ण अंग हो । ती उपाय र विधिहरुलाई कसरी व्यवहारमा लगिँदाको क्रियाकलापहरु प्रतिवेदनमा समेट्नुपर्छ ।५. विद्यार्थीबाट प्राप्त प्रतिक्रियाः समस्या समाधानको विधि अनुरुप सम्पन्न गरिएका क्रियाकलापको प्रभावविद्यार्थीमा कस्तो रह्यो ? विद्यार्थीहरु यो समस्या समाधानमा अपनाइएका क्रियाकलापप्रति के प्रतिक्रिया दिन्छन् ? उनीहरुका अनुभव, बुझाइ र प्रतिक्रिया रिपोर्टमा लेख्नै पर्दछ ।६. अनुसन्धानकर्ताको अनुभवः अनुसन्धानकर्ताले उल्लेख गरेको समस्या, उक्त समस्या समाधानमा प्रयोग गरिएको विधि, उक्त विधिको नतिजासम्म आइपुग्दा प्राप्त अनुभवहरु स्वयम्ले राम्रो � नराम्रो, सहज� असहज उल्लेख गर्नैपर्छ ।७. शिक्षण सिकाइमा उपयोगिताः समस्या समाधानमा प्रयोग गरिएको क्रियाकलाप र यसको प्रभाव प्राप्त उपलब्धीले समग्र शिक्षण सिकाइको क्षेत्रमा हुने उपयोगिता उल्लेख गरी प्रतिवेदनलाई पूर्णता दिनुपर्दछ ।८. निष्कर्षः अन्तमा, औपचारिकता सहितको निचोड उल्लेख गरिन्छ ।

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)
विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन
# अनुसन्धानको पृष्ठभूमि ःविद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।# समस्याको पहिचानमैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो घण्टीमा कम्प्युटर शिक्षा विषय पढाउछु । मैले राम्ररी याद गरिरहेको छु कि गत वर्ष पनि त्यही विद्यार्थीहरु कक्षा ६ मा हुँदा उनीहरुमा सबैले गृहकार्य नगर्ने समस्या भोगीहेको थिएँ । उनीहरुले गृहकार्य किन नियमित रुपमा गर्दैनन् र उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने बनाउन सकिन्छ भनि मैल कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हो ।पहिलो चरण# योजना ःकक्षामा कतिजनासम्म विद्यार्थीले गृहकार्य बुझउँछन् त्यसको जानकारी लिने ।# क्रियाकलापःपहिलो दिन विद्यार्थीलाई नियमित कक्षा सकिएपछि २ वटा प्रश्नहरु सेतोपाटीमा लेखेर भोली त्यसको उत्तर अनिवार्य लेखेर ल्याउन विद्यार्थीलाई निर्देशन गरेँ । सबै विद्यार्थीहरुले प्रश्न कापीमा सारे र उक्त दिनको कक्षा सकियो ।# अवलोकन ःभोलीपल्ट कक्षामा पुगेपछि सबैको गृहकार्य अगाडी राख्न आग्रह गरे । सबैले कपी अगाडी राखे तर १९ जना विद्यार्थी मध्ये उपस्थित १७ जनामा ७ जनाले पूरै २ वटै प्रश्नको उत्तर लेखेका ४ जनाले एउटा मात्र प्रश्नको उत्तर लेखेका र बाँकीले अघिल्लो दिन जति प्रश्न सारे त्यसभन्दा एक अक्षर पनि लेखेको पाइएन ।# प्रतिबिम्बिन ःपढाइमा जाँगर लगाउने राम्रो पढाइ भएका विद्यार्थीहरुले गृहकार्य गरेपनि पढाइमा पछाडी भएका अन्य विद्यार्थीले गृहकार्यलाई कुनै महत्व नदिएको पाइयो ।दोश्रो चरण#योजना ःविषयगत मूल्याँकन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराई गृहकार्यका आधारमा उनीहरुको उपलब्धी मुल्याँकन हुने बारेमा जानकारी गराएर गृहकार्यप्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने ।#क्रियाकलापःभोलीपल्ट कक्षामा प्रवेश गरेपछि निम्न माध्यमिक कम्प्युटर विषयको मूल्याँकन पद्दतीका बारेमा जानकारी गराएँ । ५० प्रतिशत सैदान्तिक र ५० प्रतिशत प्रयोागत्मक परीक्षा हुने त्यस मध्ये पनि ४० प्रतिशत निरन्तर र ६० प्रतिशत आवधिक परीक्षाको बारेमा जानकारी दिएर हरेक विद्यार्थीले बुझाएको गृहकार्यको रेकर्डका आधारमा निरन्तर मुल्याँकनको रेजा प्राप्त गर्ने र सोही रेजाले ४० प्रतिशत मूल्याँकनको प्रतिशतांक निकालिने कुरा जानकारी गराई अघिल्लो दिनको गृहकार्यका आधारमा सबै विद्यार्थीले पाएका रेजाका बारेमा जानकारी गराइयो । यस पछि नियमित कक्षा क्रियाकलाप गराई उक्त पाठको अभ्यास भोलिपल्ट पूरा गरेर ल्याउन निर्देशन दिएँ ।#अवलोकन ःभोलीपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिन झैं गृहकार्य देखाउन कपी अगाडी राख्न आग्रह गरेँ । सबै विद्यार्थीहरुले दिइएको गृहकार्य पूरा गरेको पाइयो । त्यसपछि मैले विद्यार्थीलाई प्रश्न गरेँ ः हिजो जम्मा ७ जनाले मात्र गरेको गृहकार्य आज कसरी सबैलाई गर्ने उत्साह बढ्यो ? उनीहरुले उत्तर दिए ः तपाईले कक्षा कार्य र गृहकार्यका आधारमा हरेक पाठका लागि रेजा प्राप्त गर्ने र त्यही रेजाहरुका आधारमा वार्षिक रुपमा ४० प्रतिशत मुल्याँकनको आधार हुने कुराले गृहकार्य नगर्दा परीक्षामा घाटा हुने ठानेर जसरी पनि पूरा गर्यौं ।# प्रतिबिम्बन ःगृहकार्य नगर्नुमा विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु हो । सकारात्मक पुनर्बलले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ र उनीहरुको सक्रियता बढाउँछ ।# निश्कर्ष ःसबै विद्यार्थीले नियमित रुपमा गृहकार्य गर्दैनन् । उनीहरुलाइृ कसरी नियमित गृकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडी बढाउँदा दोश्रो चरणमा आइपुग्दा अवस्थामा सुधार भएकोले मैले अनुसन्धानको चरणलाई अन्त्य गरेँ । यो अनुसन्धानले विद्यार्थीमा काम गर भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धी के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरु क्रियाकलापप्रति आकर्षित हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । मानिस तत्कालको प्रतिफलका लागि पहिला अग्रसर हुन्छ । त्यसैले जतिसक्दो छिटै कामको उपलब्धी देखिने गरी क्रियाकलाप गर्न प्रेत्साहित गर्न सके बालबालिका क्रियाकलापमुखी बन्नसक्छन् भन्ने महसुस भयो ।(This model was copied From the facebook page of Krishna Dhungana)

कार्यमूलक अनुसन्धानको नमुनाकक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शब्दवर्ग पहिचान सम्बन्धी समस्या – कार्यमूलक अनुसन्धान १ परिचय
समयको बदलिंदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको छ र शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित समयको माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सबल बन्दै जानुपर्ने शिक्षामा थपिएका नयाँ नयाँ विषयवस्तु तथा परिवर्तित एवम् विकसित पाठ्यक्रम तथा पाठ्यपुस्तक अनुसार शिक्षण गर्नुपर्ने परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षण क्रममा भोगेका विविध समस्याहरुप्रति सचेत भई समस्या समाधानको लागि आवश्यक सल्लाह, सुझाव एवम् परामर्श लिइरहनुपर्छ ।यसै सिलसिलामा म विगत २४ बर्षदेखि श्री सहिद स्मृति उ।मा।वि।, बुङ्कोटमा अध्यापनरत छु । स्थानीय जनताको चेतनाको विकास र समाजको विशिष्ट व्यक्तिहरुको सक्रियताबाट वि।सं।२०१३ सालमा स्थापना भएकोे यस विद्यालयमा २२ जना शिक्षक, १ जना लेखापाल, ३ जना विद्यालय कर्मचारी र लगभग ८०० विद्यार्थीहरु रहेका छन् । बालकक्षादेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालय गोरखा जिल्लाको एउटा राम्रो विद्यालयको रुपमा परिचित पनि छ ।नेपाली भाषा शिक्षणका क्रममा व्याकरण सम्बन्धी अवधारणा, परम्परागत व्याकरण र आधुनिक व्याकरणमा देखिएका भिन्नता कथ्य र लेख्य व्याकरणबीच भिन्नता, वर्णविन्यास, शिक्षणका समस्याहरु, पदयोग र पदवियोग सम्बन्धी नियम, कारक र विभक्तिको परिचय, कारकका प्रकार, कविता शिक्षणको प्रयोजन र विधि, जीवनी लेखन, कथालेखन जस्ता विविध भाषिक सीप शिक्षणका बारेमा दक्षता हासिल गर्ने अवसर पाएको छु । यसै क्रममा पेशागत दक्षता अभिवृद्धिका लागि यस कार्यमूलक अनुसन्धान ९ब्अतष्यल च्भकभबचअज० तथा प्रतिवेदन लेखन कार्य गरिएको छ । यसको लागि आवश्यक सहयोग एवम् मार्गदर्शन गर्नुहुने सबैमा आभारी छु ।यस क्रममा मैले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शब्दवर्ग पहिचान सम्बन्धी समस्यालाई लिएर यो कार्यमूलक अनुसन्धान तयार पार्ने प्रयास गरेको छु ।२ कार्यमूलक अनुसन्धानका उद्धेश्यहरुक. शिक्षकको पेशागत दक्षताको अभिवृद्धि गर्ने,ख. शिक्षणको सिलसिलामा देखिएका समस्या समाधानका लागि शैक्षिक सामग्रीको प्रयोग, व्यक्तिगत भिन्नताको पहिचान, खोजविधिमा शिक्षकलाई अग्रसर बनाउने ।ग० भाषिक सीपशिक्षणका क्रममा देखिएका समस्या र परिवर्तित व्याकरण शिक्षणमा देखिएका समस्याको समाधान गर्ने, आफ्नो कार्यशैलीमा सुधार सहितको परिवर्तन ल्याउने ।
३ अनुसन्धान÷अध्ययनको औचित्यकार्यमूलक अनुसन्धान शिक्षणको एक महत्वपूर्ण प्रयोगात्मक पक्ष हो । जसले शिक्षण सिकाइको कुनै पनि अवस्थालाई सुधारात्मक रुपमा अघि बढाउँछ । सामान्यतया कक्षा शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षा कोठामा देखिएका शिक्षण सिकाइ सम्बन्धी तत्कालीन समस्याहरुको समाधान गर्ने उद्धेश्यले यसको प्रयोग गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको शिक्षण सिकाइमा ठोस परिवर्तन ल्याउँछ । शैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा यस अनुसन्धानको विशेष महत्व हुने हुँदा मैले पनि शब्दवर्ग शिक्षणका लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।४ अध्ययनको सीमाकुनै पनि वस्तुको शीर्षक सानो भएतापनि यसको क्षेत्र व्यापक हुन्छ । नेपाली शिक्षण भाषिक सीपको शिक्षण भएकाले विभिन्न कक्षा र तह अनुसार यसको यसको शिक्षण व्यापक र विस्तार हुँदै जान्छ । तर मैले कक्षा दसको नेपाली विषयको शब्दवर्ग अन्तर्गत पर्ने दुई शब्द विकारी ९नाम, सर्वनाम, विशेषण, क्रियापद० र अविकारी ९क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात० शब्द र शब्दवर्गको पहिचानसँग मात्र यो अध्ययन सीमित रहेको छ । कक्षा १० को ११२ जना विद्यार्थीहरुलाई शिक्षण गरी प्राप्त नतिजा विश्लेषणको अनुसन्धान नै यसको सीमितताभित्र पर्दछ । छोटो समय र मेरो आफ्नो पहिलो प्रयासको कारण पनि अनुसन्धान सीमित बनेको छ ।
५ समस्याको पहिचानशिक्षणको सिलसिलामा थुप्रै समस्याहरु र बाधा अड्चनहरु देखापर्ने गर्दछन् । शैक्षिक सत्रको सुरुआतदेखि नै विद्यार्थीहरुमा त्यस विषयवस्तुको पूर्वज्ञान तथा विभिन्न तत्वलाई ध्यान दिंदा मैले कक्षा दस ९१०० को शब्दवर्ग पहिचान अन्तर्गत शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको विषय बनाई समाधानको उपाय खोजेको छु । यस अनुसन्धान कार्य तथा समस्या समाधानको लागि विभिन्न तालिममा सिकेका शिक्षणका विधिहरु पनि प्रयोग गरेको छु ।६ कार्यमूलक अनुसन्धानको योजनाहरेक कार्यको लागि योजनाको आवश्यकता पर्दछ । विना योजना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले विभिन्न सीप तथा अनुभवहरुको अभावमा पनि मैले यस कार्यमूलक अनुसन्धानको योजना निम्नानुसार तय गरेको छु ।क० समयावधि
यस कार्यमूलक अनुसन्धानको समयावधि २०६९÷११÷१४ गतेदेखि २०६९÷११÷२० गतेसम्म तय गरेको छु ।ख० विधि
यस कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि अवलोकन, छलफल, खोज, शब्दकोष अध्ययन, शब्दवर्ग सम्बन्धी धारणा, प्रयोगात्मक विधिहरु छनौट गरिएको छ । साथै प्रश्नावली तयार गरी विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण गरेको थिएँ ।ग शैक्षिक सामग्री
यहाँ कार्यमूलक अनुसन्धान कार्य सञ्चालनको लागि प्रयोगमा ल्याइएका सामग्रीलाई शैक्षिक सामग्रीको रुपमा लिएको छु । यसमा शब्दकोष, विभिन्न व्याकरणकारका व्याकरणसम्बन्धी पुस्तकहरु नै शैक्षिक सामग्रीको रुपमा रहेका छन् ।घ अनुसन्धानको केन्द्र
नेपाली विषय कक्षा एक देखि उच्च शिक्षा सम्म अनिवार्य विषयको रुपमा पठनपाठन गर्दै आएको छु । शब्दवर्ग सम्बन्धी धारणा कक्षा १२ सम्म पनि समावेश गरिएको छ । तर यस अनुसन्धानको कक्षा १० को विद्यार्थीहरुको शब्दवर्ग पहिचान सम्बन्धी समस्यासँग केन्द्रित रहेको छ ।७  कार्यक्रम सञ्चालनआफूसँग रहेको ज्ञान र सीपको अलावा विभिन्न तालिमको माध्यमबाट सिकेको सीप तथा अनुभवलाई प्रयोग गर्दै मैले निम्नानुसार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । यसमा समस्याको छनौट लगायत अन्य पक्ष जस्तै शैक्षिक सामग्रीको निर्माण तथा प्रयोगमा विशेष ध्यान केन्द्रित छ ।क समस्यामूलक विषयवस्तुको छनौटसरलबाट जटिलतिर भन्ने शिक्षणको सूत्र अनुसार कक्षा १० को विद्यार्थीलाई ९नेपाली विषय० सुहाउँदो र एस.एल।सी.परीक्षालाई सुहाउँदो शब्दवर्ग सम्बन्धी विषयवस्तु छनौट गर्ने प्रयास गरेको छु ।ख हस्तक्षेपकारी तीन चरण अनुसारको प्रयोगपहिलो चरण
विद्यार्थीलाई विभिन्न शब्दवर्ग पहिचान सम्बन्धी प्रश्नहरु तयार पारी तिनको बारेमा छलफल र अन्तरक्रिया गर्न लगाएँ । ती शब्दवर्गभित्र परेका शब्दहरुको भिन्नताको पहिचान गर्न लगाएँ । अनुमानका आधारमा उत्तर भन्न लगाएँ । समूहबाट उत्तर खोज्ने प्रयास गरें । यसो गर्दा विद्यार्थीहरु पनि बढी सक्रिय भएको पाएँ ।दोस्रो चरणपहिलो चरणमा विद्यार्थीहरुले समूह अनुसार हरेक शब्दहरुको छलफल गराउँदै विद्यार्थीहरुलाई क्रियाकलापमा सहभागी गराइयो । शिक्षकको आवश्यक निर्देशन तथा सुझाव अनुसार विद्यार्थीहरु पनि पटक पटक प्रयोग गर्दै गल्ती सुधारतर्फ सक्रिय देखिए । यस सम्बन्धी अभ्यासहरु गराइयो ।तेस्रो चरणप्रत्येक दिनको पाठको अन्तमा मूल्याङ्कनको रुपमा मौखिक एवम् लिखित प्रश्नहरु सोधियो । जसमा नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक, निपात जस्ता शब्दवर्गसँग सम्बन्धित विषयमा प्रश्नहरु सोधिएको थियो । थप अभ्यासको रुपमा गृहकार्य पनि दिइएको थियो । जसमा विद्यार्थीहरु सक्रिय भएको पाइयो ।8 प्राप्ति तथा निश्कर्ष
अध्यापनको सिलसिलामा कुनै समस्यामूलक विषय छनौट गरी त्यसैको कार्यमूलक अनुसन्धान गरी प्रतिवेदन तयार गर्दा धेरै अनुभव ज्ञान गरेको छु । कार्यमूलक अनुसन्धानले आफूलाई शिक्षणको सिलसिलामा नयाँ अवधारणाको महसुस गराएको छ । सकेसम्म विद्यार्थीकेन्द्रित शिक्षण र बढी भन्दा बढी शैक्षिक सामग्रीको प्रयोग गर्नाले शिक्षण शिक्षण प्रभावकारी र सफल हुने विश्वास ठान्दछु । कक्षा १० को विद्यार्थीलाई अघिल्लो बर्षको शिक्षणबाट भन्दा यस प्रकारको शिक्षणबाट बढी सफलता मिलेको अनुभूति पनि प्रष्ट्याउँछु ।