पाल्पा, जेठ १९
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने रुखको हाँगा भाँचिएका होलान् तर जरा अब झन् गडेर तल जाँदैछ, नेपाली कांग्रेसको जागरण अभियानका क्रममा पाल्पा आएका प्रवक्ता शर्माले कांग्रेसले आफु सुध्रिँदै बाहिर गर्जिएर कम्युनिष्ट अतिवादको विरुद्द लाग्न निर्देशित गरे ।

‘गल्ति गरिएन भने सुधार हुन सक्दैन । जे भएको छ राम्रै भयो । जनताले कम्युनिष्टको शासनको स्वाद लिने मौका पाएका छन् । कांग्रेसले मात्र शासनसत्ता सम्हाल्ने जिम्मेवारी पाएको भए । कम्युनिष्ट आउँदा यो हुन्थ्यो त्यो हुन्थ्यो भन्न सक्थे अहिले अतिवाद तथा उग्रवादको रुप सरकारको देखिएको छ, कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले भने, यो समय सधैं यस्तै रहँदैन । संगठन भित्र गल्ति कमीकमजोरी हुन सक्छ तर त्यसलाई मेडिशिन गर्न जरुरी छ ।’

उनले कार्यकर्ताहरुलाई आफुले आँफैलाई चिनेर कमजोरी सुधार गरि अनुशासित, मर्यादित, शान्त, नम्र, तथा क्रान्तिकारी बन्नुपर्ने बताए । हातमा हृदय मिलाएर अगाडी बढ्न कार्यकर्ताहरुलाई सुझाव दिएको बताईएको छ ।

भिडियाे हेर्नुहाेस्